काठमाण्डौ । बुटवल पावर कम्पनीले आफ्ना लगानीकर्तालाई लाभांश वितरणको डबल अफर सार्वजनिक गरेको छ । 

यो कम्पनीको मंसिर २१ गते बसेको संचालक समितिको बैठकले २०७४/७५ को नाफाबाट आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १८ प्रतिशत गरी कुल २८ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो । 

यो घोषणा कम्पनीको २६ औं वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । 

बुटवल पावरले आफ्ना वार्षिक साधारणसभा पुस २७ गते बिहान १० बजे बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा गर्ने निर्णय समेत गरेको छ । 

साधारणसभा प्रयोजनका लागि पुस ६ गतेदखि बुक क्लोज हुने बताइएको छ । यसको अर्थ बुटवल पावर कम्पनीले घोषणा गरेको लाभांश हात पार्न चाहनेले पुस ५ गतेभित्रमा यसको सेयर खरीद गरिसक्नु पर्नेछ ।