काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको हिजो आइतबार सम्पन्न सञ्चालक समितिको बैठकले चुक्तापुँजीको कुल २८ प्रतिशत लाभांश सेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांशमा १८ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर रहेको छ ।

यसैबीच बैठकले कम्पनीको २७ औँ वार्षिक साधारणसभाको मिति र स्थानमा पनि तय गरेको छ । जसअनुसार पुस २४ गते काठमाण्डौको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा साधारणसभा गरिने भएको छ ।

सोही साधारणले प्रस्तावित लाभांश पारित गर्दै सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

लाभांश र साधारणसभा प्रयोजनाका लागि कम्पनीले पुस ९ गतेदेखि पुस २४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको मतलब पुस ८ गतेभित्र कायम सेयरधनीहरुमात्र लाभांश प्राप्ति र साधारणसभामा भाग लिन योग्य हुनेछन् ।