काठमाडौँ । बुटवल पावर कम्पनी लिमिटेडले मनाङ जिल्लास्थित मस्र्याङ्दी हाइड्रो पावर आयोजनाको ८ लाख ८५ हजार ९६० कित्ता सेयर खरिद गरेको छ । 

बुटवल पावरले २८२ मेगावाट क्षमताको मस्र्याङ्दीको मस्र्याङ्दी आयोजनाको हाइड्रो पावर कम्पनी प्रालि र राजरत्न इनर्जी होल्डिङ्सको नाममा कायम रहेको सम्पूर्ण सेयर किनेको हो । 

सेयर खरिदबारे बुटवल पावरले नेपाल स्टक एक्सचेन्ज लिमिटेड र सीडीएस एन्ड क्लियरिङ लिमिटेडलाई हिजो सोमबार जानकारी गराइसकेको छ । 

यो आयोजना चिनियाँ साझेदारहरु एससीआईजी इन्टरनसेलन, क्याइसी इन्टरनसेल र एससीआईजी इन्टरनेसनल नेपालको ज्वाइन्ट डेभलपमेन्ट प्रालिको संयुक्त लगानीमा निर्माण प्रक्रियामा रहेको छ। 

विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त गरिसकेको यो आयोजनाको विद्युत् खरिदबिक्री सम्झौता प्रक्रियामा बुटवल पावरले जानकारी गराएको छ ।