काठमाण्डौ । दशैंको अवसर पारी बुधबारबाट राजधानीको भृकुटीण्डपमा सुरु हुने स्टक क्लियरेन्स मेलाको तयारी पूरा भएको छ । ‘दशैंको बेला सस्तो मेला’ स्लोगन दिइएको यस मेलालाई इभेन्ट सोलुसनले गर्न लागेको हो । 

भाद्र २१ गतेदेखि २६ गतेसम्म चल्ने स्टक क्लियरेन्स मेलामा दशैंका लागि आबश्यक सामाग्रीहरुको कारोबार गरिनेछ । मेलामा कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स, मोटरसाइकल र होम एफिलियन्सका स्टलहरु रहने छन् । एकसय भन्दा धेरै स्टलहरु रहने यो मेलामा सहभागी सबै एक्जीबिटर ब्रिफिङ गरिसकिएको इभेन्ट सोलुसनका मेला संयोजक दिपेश जोशीले बताए । 

उनले दशैंका लागि आबश्यक सम्पूर्ण उपभोग्य सामाग्रीहरु एकै ठाउँबाट बिशेष छुटमा पाइने बताए । ६ दिन सम्म चल्ने यो मेलामा काठमाडौं, भक्तपुर, ललितपुर र आसपासबाट उपभोक्ताहरु सामान किन्न आउने अनुमान गरिएको संयोक जोशीले बताए ।  मेला अवधिभर ५० हजार उपभोक्ता मेला स्थलमा आउने अनुमान इभेन्ट सोलुसन्सले गरेको छ ।