काठमाण्डौ । सिद्धार्थ क्यापिटलले आज(बुधबार)देखि नयाँ म्युचुुअल फण्ड सिद्धार्थ इक्वीटी फण्डको १ अर्ब २० करोड बराबरको इकाईको सार्वजनिक निश्कासन गरेको छ ।

यसअघि दुुईवटा म्युुचुुअल फण्ड संचालन गरिसकेको क्यापिटलले तेश्रो स्किमको रुपमा १० वर्षे बन्दमुखी १ अर्ब २० करोड मूल्यको सिद्धार्थ इक्वीटी फण्डको सार्वजनिक निश्कासन गरेको हो । 

असोज २५ गते बुधबारदेखि निश्कासन हुने इकाईमा असोज २९ गतेसम्म आवेदन दिनुपर्नेछ । सो अवधिमा समेत आवेदन नपरे कात्तिक ८ गतेभित्र ढिलोमा आवेदन दिन सकिने क्यापिटलले जनाएको छ । 

यो स्किमको व्यवस्थापन सिद्धार्थ क्यापिटलले गर्नेछ भने प्रवद्र्धन सिद्धार्थ बैंकले गर्ने बताइएको छ। 

प्रति इकाई १० रुपैयाँ मूल्यको आइपीओमा इच्छुक लगानीकर्ताले न्यूनतमा १०० देखि अधिकतम २४ लाख इकाईसम्मका लागि आवेदन दिनसक्नेछन् । 

इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धकको काम गरिरहेको सिद्धार्थ क्यापिटलको मुख्य कार्यालय र आस्वा प्रणाली संचालनको अनुमति पाएका देशभरका संस्था तथा तिनका शाखाबाट अनलाइन आवेदन दिनसक्नेछन् ।