काठमाण्डौ । लगानीकर्तामा आशाको किरण छर्दै यो साताको अन्तिम कारोबार दिन बजार दोहोरो अंकको बढोत्तरीसँगै बन्द भएको छ । बुधबारदेखि बढ्न थालेको बजार बिहीबार समेत बढेको छ भने कारोबार रकममा पनि सुधार भएको छ । नेप्से परिसूचक र कारोबार रकम(दुवैमा) एकसाथ समानान्तर ढंगको सुधार आउनुुले आगामी दिनमा बजार अझै बढ्नसक्ने संकेत गर्ने विश्लेषकहरुले बताएका छन् । उनीहरुको भनाईमा बुधबार र बिहीबारको बढोत्तरीले आगामी साता बजार केही बढ्ने हो कि भन्ने संभावनालाई बढाइदिएको छ । 

तरलताको अवस्थामा सुधार भएपछि र सारा देश स्थानीय निर्वाचनमा होमिएर राजनीतिले गति पाउन थालेपछि सुधार भएको परिस्थितिले लगानीकर्तामा उत्साह थपेको छ । आगामी साता बजार खुल्नुुअघि नै नेपाल लाइफ र फरवार्ड माइक्रो फाइनान्सको एफपीओ आइपीओमा फ्रिज भएको रकम समेत लगानीकर्ताले फिर्ता पाउने हुँदा सो रकम सेयर बजारमा भित्रिने ठूलो संभावना छ । 

तरलताको अवस्थामा सुधार भएपछि र सारा देश निर्वाचनमा होमिएर राजनीतिले गति पाउन थालेपछि सुधार भएको परिस्थितिले लगानीकर्तामा उत्साह थपेको छ । आगामी साता बजार खुल्नुुअघि नै नेपाल लाइफ र फरवार्ड माइक्रो फाइनान्सको एफपीओ आइपीओमा फ्रिज भएको रकम समेत लगानीकर्ताले फिर्ता पाउने हुँदा सो रकम सेयर बजारमा भित्रिने ठूलो संभावना छ । यसले समेत आगामी साता बजारलाई अझ माथि पुर्याउन मद्धत गर्नेछ । पछिल्लो समय लगानीकर्ताहरुमाझमै पनि एफपीओ र आइपीओमा लगानी गर्नु भन्दा सेयर खरीदमै लगानी गर्दा बढी फाइदा हुने मनस्थिति बन्दै गएकोले समेत बजारमा सकारात्मक परिवर्तनहरु हुनसक्छन् । 

बिहीबार नेप्से परिसूचक १२.६१ अंकले वृद्धि भई १३२९.४१ अंकमा फर्किएको छ भने कारोबार रकम ४१ करोड ११ लाखको उचाईमा पुुगेको छ । कारोबार रकमलाई बुधबारको तुलनामा यसरी बढाउनमा कुमारी बैंकको महत्वपूर्ण भूमिका रह्यो । यो बैंकले मात्र १० करोड बढीको कारोबार गर्यो । 

साताको अन्तिम कारोबार दिन उत्पादनमूलक र अन्य समूह बाहेक अन्य सबै समूहमा हरियाली छायो । सबैभन्दा बढी होटल समूहले छलांग मार्यो । यो समूहको सूचक एकैदिन ६.८९ प्रतिशत अर्थात ११३.९६ अंकले बढेको छ । 

यस्तै, वाणिज्य बैंक समूह ११.९१, विकास बैंक १०.२४, जलविद्युत समूह २९.६१, बित्त समूह ४.०९ र बिमा समूह ९५.१३ अंकले बढे । उत्पादनमूलकमा २.७२ अंकको गिरावट देखियो भने अन्य समूह ५.२ अंकले घट्यो । 

‘क’ वर्गका कम्पनीमा आकर्षण बढेपछि सेन्सेटिभ इण्डेक्स ३.०७ अंकले वृद्धि भयो भने फ्लोट इण्डेक्समा ०.९३ अंकको वृद्धि देखियो । 

धेरै कारोबार गर्ने कम्पनी
कुल १ सय ३४ कम्पनीका ९ लाख २८ हजार २ सय १० सेयर किनबेच भयो । त्यसमध्ये कुमारी बैंकको मात्र १० करोड ६९ लाख बढीको कारोबार भयो । यस्तै, एनबी बैंकको २ करोड ९६ लाख, नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ७० लाख, नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड १८ लाख, लुम्बिनी जनरल इन्स्योरेन्सको १ करोड ५ लाखको कारोबार भयो । धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ६ स्थान वाणिज्य बैंकको कब्जामा रह्यो भने ३ स्थान बिमा समूह र एक स्थान जलविद्युत समूहले कब्जा गर्यो । 

धेरै कमाउने र गुमाउने कम्पनी
बिहीबार तीन कम्पनीले पैसा छापे । सेती फाइनान्स, आरएसडिसी लघुवित्त बित्तीय संस्था र सोल्टी होटल लिमीटेडको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । बुटवल पावर कम्पनी लिमीटेडका लगानीकर्ताले समेत ८ प्रतिशतको हाराहारीमा सम्पत्ति बढाए । 

बढ्दो बजारमा सबैभन्दा बढी स्वरोजगार लघुवित्त विकास बैंकको सेयर मूल्यमा गिरावट आयो । यो कम्पनीको सेयर मूल्य ५.६८ प्रतिशतले घट्यो । किसान माइक्रो फाइनान्स बित्तीय संस्थाको मूल्य ४ प्रतिशतको हाराहारीमा घट्यो ।