काठमाण्डौ । न कुनै दिवस, न कुनै उत्सव वा महोत्सव वा कुनै विशेष अवसर । पूर्वराजा ज्ञानेन्द्र शाहले बुधबार साँझ बेमौसमी वक्तव्य जारी गरेपछि यसले संविधान संसोधनको मुद्धाका कारण पेचिलो बन्दै गएको राजनीतिमा तरंग पैदा भएको छ । पूर्वराजा ज्ञानेन्द्रको वक्तव्य यसरी एकाएक के कारण आयो होला ? हालै चिन भ्रमणमा गएको बेला उच्च प्राथमिकतामा परेका ज्ञानेन्द्रको स्वदेश फिर्ति, केही दिनअघि कट्टर राजावादी र कांग्रेसमा शक्तिशाली मानिएका खुमबहादुर खड्कासँगको भेट र खड्काको नेतृत्वमा हिन्दू राज्य पुनस्र्थापना विशेष अभियानको शंखघोषको पृष्ठभूमिमा पूर्वराजाको वक्तव्य आएपछि यसलाई राजनीतिक विश्लेषकहरुले रहस्यमय र अर्थपूर्ण भनेका छन् । 

राज्य पुनरसंरचनामा सीमांकनको मुद्धाका कारण संसदमा पेश भएको संविधान संसोधन प्रस्ताव अलपत्र परेको समयमै र कतिपय नेताहरुले राष्ट्रिय एकता, स्वाभिमान र अखण्डता खतरामा परेको बताइरहँदा पूर्वराजा ज्ञानेन्द्रले वक्तव्यमा राष्ट्रलाई कमजोर पार्ने र राष्ट्रिय गौरव मेट्ने षड्यन्त्र भइरहेकोमा चिन्ता व्यक्त गरेका छन् । उनले आफ्नो वक्तव्यमा बाह्य शक्तिको अनुचित प्रभावमा अस्थायी सत्ताहरु हाबी भएको पनि दाबी गरेका छन् । ‘दिनानूदिन कमजोर बन्दै गइरहेको राष्ट्रिय एकता र भावनाको मर्म माथि निर्मम प्रहार भइरहेको छ ।’–वक्तव्यमा भनिएको छ । 

नेपाललाई अस्थिरता र अराजकताको आगोले क्रमशः जलाइरहेको उल्लेख गर्दै पूूर्वराजाले नेपाली–नेपालीबीचको सामाजिक सद्भाव मेटिँदै गएको, तराई, पहाड र हिमाल माझको ऐक्यभाव तोड्ने भगीरथ प्रयत्न भइरहेको बताएका छन् । ‘ती सबै कार्य क्रान्तिकारी, परिवर्तनकारी, बलिदानी आदि शब्द भावको दूरुपयोग गर्दै राष्ट्रलाई कमजोर पार्ने र राष्ट्रिय गौरव मेट्ने कार्य, अशोभनीय मात्र नभई, असह्य पनि बनिरहेको छ ।’ वक्तव्यमा भनिएको छ–‘निषेधको राजनीति र प्रतिशोधको मानसिकताबाट ग्रसित राष्ट्रका आधारहरु किमार्थ बलिया हुुन सक्दैनन् । इतिहास कलंकित गर्दै निश्चित, निहित स्वार्थ पूूरा गर्न गरिएको कार्यहरु कदापि प्रशंसित हुुन सक्दैनन् । माटो र मुटुसँग जोडिएको देशभक्तिलाई लाञ्छित गरेर आधुुनिकताको दुहाई दिएर मात्र कथित अग्रगमनको यात्राले कदापि गति लिनसक्दैन ।’

नेपालको स्थायी सत्ता भनेकै राष्ट्र र राष्ट्रवासी रहेका उल्लेख गर्दै उनले यसलाई सबल पार्ने भाषा, धर्मसंस्कृति, इतिहास एवं त्यसले बोकेको आस्था र विश्वास नै त्यसको बलियो जग रहेको प्रष्ट्याएका छन् । ‘त्यो नै सार्वभौम सत्ताको मूूल आधार हो । नेपाली जनजीवनका मौलिक परम्परा, रीतिथिति, सद्भाव, सहिष्णूता, सहअस्तित्व र पद्धतिसंग जोडिएको यावत विषय नै लौकिक सत्ता हो ।’ वक्तव्यमा अगाडि भनिएको छ–‘दुुर्भाग्यवस आजको सन्दर्भमा बाह्य शक्तिको अनुुचित प्रभावमा अस्थायी सत्ताहरु हाबी गराएको छ भने, स्थायी सत्ता र लौकिक सत्ता क्रमशः धूमिल पारिएको छ ।’

उनले जनताका आस्थाहरु नढलेका, नेपालीको मनमस्तिष्कमा देशभक्तिको भावना नढलेको भनेका छन् । ‘सबै नेपालीले, राष्ट्र बचाउन फेरि एकपटक इतिहासले सूम्पिएको गहन जिम्मेवारी पूूरा गर्न र देशको अक्षत अस्तित्व आफ्ना सन्ततिलाई सुुम्पन्न मूखर र प्रखर रुपले जाग्नै परेको छ र लाग्नै परेको छ ।’ वक्तव्यमा भनिएको छ–‘राष्ट्रप्रेम र राष्ट्रप्रतिको समर्पणबाटै एकता, अखण्डता र अविभाज्यताको सन्देश फैलाउन परेको छ भने, हामी मरे पनि नेपाल बाँचिरहोस् भन्ने संकल्पबाट नै नेपाल र नेपालीको अजय शक्तिको रक्षा गरौं । एक समय भड्किसकेपछि पश्चातापले कुुनै अर्थ राख्दैन ।’

राजनीतिक विश्लेषकहरुले बुधबारको ज्ञानेन्द्रको वक्तव्य हालसम्मकै कडा भन्दै यसले देशमा राजनीतिक उलटपुलटको संकेत दिएको दाबी गरेका छन् । ‘यो वक्तव्य त्यसै आएको होइन, यसमा उल्लेख भएका भाषाहरुले अग्रगमन र गणतन्त्रलाई स्वीकारेको छैन ।’ एक विश्लेषकले बिजशालासँग भने–‘पूर्वराजाले अहिलेसम्म यति सारो कडा वक्तव्य जारी गरेका छैनन् । एकातिर संसोधन प्रस्तावले गति नलिइरहेको समय, हिन्दूू राष्टको मुद्धा प्रभाविलो बन्दै गरेको अवस्थामा राजाको यो किसिमको बैमोसमी, तर अर्थपूर्ण वक्तव्य आउनुु सामान्य होइन ।’