काठमाण्डौ । बेलायतको लण्डनबाट भारतको  दिल्लीसम्मकोे बस यात्रा ? तपाईलाई पत्याएर नलाग्न सक्छ अहिलेको यो हवाई मार्गको जमानामा बसमा यति लामो बस यात्राको कुरा गर्दा । तर अब चाँडै नै यी दुई देशबीच बस यातायात सेवा सुचारु हुन गइरहेको छ । 

यो अभुतपूर्व साहसिक बस यात्रा सन् २०२१ मा लञ्च हुनेछ । दुई देशबीचको यो बस रुटको दुरी २० हजार किलोमिटर हुनेछ र यो यात्रा गर्न ७० दिनको समय लाग्नेछ । यसका साथै यात्राको दौरान १८ वटा देशमा बस स्टप सेन्टर हुनेछन् ।

बसमा यात्रा गर्न चाहने यात्रुले पूर्ण यात्राका लागि वा त आंशिक यात्राका लागि टिकट काट्न सक्नेछन् । यो बस रुट भारत र बेलायतबीचको पहिलो हप अन/हप अफ बस सेवा हुनेछ । 

यो बस यात्रामा युरोपका हटस्पटको रुपमा मस्को, भिल्नीयस, प्राग्यु, ब्रसेल्स् र फ्रान्कट समावेश छन् । यसका साथै कजाकस्तानमा अवस्थित क्यासपियन सीमा बसले क्रूजको यात्रा गर्नेछ । यसपश्चात बस चीनको गोबि मरुभूमि हँुदै चीनको ग्रेटवालमा रोकिएर यात्रुहरुले हाइकिङ गर्नेछन् र चीनको चेङ्दुमा जाइन्ट पान्डाको अवलोकन गर्दै सिल्क रुटको यात्रा गर्नेछन् । बस दिल्लीको अन्तिम गन्तव्य पुग्नुपूर्व यात्रुहरुले म्यान्मारमा रहेको आर्कषक प्यागोडा पनि अवलोकन गर्ने मौका पाउनेछन् । 

अहिले कारोनाभाइरसले गर्दा अन्तर्राष्टिय यातायात ठप्प रहेकाले यो बस सेवा सन् २०२१ को जुलाई महिनामा लञ्च हुन सक्ने अनुमान लगाइएको छ । 

एडभेन्चर ओभरल्याण्ड फाउन्डरअन्र्तगत सञ्चालन हुने यो बस यात्राका फाउन्डर सञ्जय मदन र तुसार अग्रवाल रहेका छन् । 

(मिररबाट भावानुवाद)