काठमाण्डौ । पूरा विश्व कोरोना भाइरसविरुद्धको लडाई लडिरहेको छ । यही बेला बेलारुसले यो लडाईको सबैभन्दा सजिलो तरिका अपनाएको छ, खासमा कोरोना भाइरस र यसको प्रभावलाई नजरअन्दाज गर्दै । 

त्यहाँका राष्ट्रपति अलेकजेण्डर लुकाशेकोले आफ्ना नागरिकहरुलाई स्वस्थ रहनका लागि केही टिप्स दिएका छन् । उनका अनुसार दैनिक भोड्का पिउँदा, खेतमा मेहेनत गर्दा र साउनामा गएर बस्दा स्वस्थ रहन सकिन्छ। हालसम्म यहाँ ४४० जनालाई कोरोना संक्रमण भइसकेको छ । 

बेलारुसको शहरमा कतै रातो रंगको स्प्रेबाट लेखिएको छ कि त्यहाँ कतिवटा मृत्यु भएको छ भन्ने कुरा । सरकारी अधिकारीहरुले यसलाई हटाउनुअघि नै स्वास्थ्यकर्मीहरुले यो तथ्यलाई लुकेर नोट गर्छन् । 

हाल, यही नै सबैभन्दा सटिक जानकारी लिने माध्यम हो, तर यो कति सटिक र सत्य हुन्छ भन्ने विषय कसैलाई थाहा छैन । तर, राष्टपति दिएको मृत्युको तथ्यभन्दा यो तथ्य धेरै हदसम्म सही रहने समाचारमा दाबी गरिएको छ । 

यहाँका पसल, बजार र रेष्टुराँ खुल्लै छन् । र, मानिसहरु घरबाहिर निस्किएर सामान्य अवस्थामा झै काम पनि गरिरहेकै छन् । यति सम्म कि बेलारुस नै यूरोपको एक मात्र त्यस्तो देश हो, जहाँ फुटबल खेल समेत जारी छ र हेर्नेको संख्यामा पनि कुनै कमी आएको छैन । 

अलेकजेण्डरले भनेका छन्–‘म रक्सी पिउँदिन । तर, मेरा नागरिकहरुलाई यो अनुरोध गर्छु कि भोड्काले हात मात्र धुने होइन, बरु भाइरसका लागि विष समान यो पदार्थ पिउनु पनि पर्छ । तपाईले प्रत्येक दिन कम्तीमा ४० देखि ५० मिलिलटर रेक्टीफाइड स्पिरिट पिउनुपर्छ । तर काममा हुँदा होइन । गाउँमा गएर काम गर्नुपर्ने हुन्छ, यस्तो बेलामा खेतले सबैलाई ठीक गरिदिन्छ ।’ 

उनले भनेका छन् कि मानिसहरु यस्तो बेलामा बढीभन्दा बढी साउनमा गएर बसे हुन्छ । 

यस्तो रबैयाको नतिजा पनि प्रष्टै देखिइरहेको छ । अस्पतालहरुमा संक्रमितहरुको संख्या बढिरहेको छ । उपकरणको कमीका कारण डाक्टरहरुलाई तथ्य नै परिवर्तन गर्न भनिन थालेको छ । नयाँ इन्फेक्सनलाई कोरोना भाइरसको ठाउँमा निमोनिया भन्न थालिएको छ । राष्टपतिले कोरोना भाइरस फैलने चिन्ता कोरोना साइकोसिससम्म भनिसकेका छन् । 

-एजेन्सी