काठमाण्डौ । अल्फाबेट इन्कले केन्याका दरारयुुक्त उपत्यकाका ग्रामीण क्षेत्रहरुमा बेलुुनको प्रयोगबाट विश्वकै पहिलो तीव्र गतिको व्यवसायिक इन्टरनेट सेवाको सुुरुवात गरेको छ । 

यो सेवा गुुगलको प्यारेन्ट अल्फाबेटसँग जोडिएको लुुन र पूर्वी अफ्रिकाको तेस्रो ठूलो टेलिकम अपरेटर केन्याको टेलकमले सञ्चालन गरेको हो । 

“केन्या, आकाशको उचाइमा बेस स्टेसन हुुने विश्वकै पहिलो देश बनेको छ । अब छोटो समयमा नै सम्पूर्ण देशलाई इन्टरनेटको सञ्जालबाट जोड्नमा हामी सक्षम हुुनेछौ ।” केन्याका सूचनामन्त्री जो मुुचेरुले यो सेवाको उदघाटन गर्दै भनेका छन् । 

रोयटर्समा प्रकाशित समाचारका अनुुसार यो प्रविधि पहिले पनि प्रयोग भइसकेको छ । त,र व्यवसायिक रुपमा प्रयोग गरिएको भने पहिलो पटक हो । 

यसअघि सन् २०१७ मा आएको सामुन्द्रिक आँधीको बेला अमेरिकी टेलिकम अपरेटरले प्युुटोरिकोका २ लाख ५० हजार मानिसहरुलाई इन्टरनेटका माध्यमबाट जोड्नका लागि बेलुुनहरुको प्रयोग गरेको थियो । 

केन्यामा अहिले सञ्चालन भएको यो प्रोजेक्टको लक्ष्य इन्टरनेट सेवाको पहुुँच नपुुगेका ग्रामीण समुुदायहरुमाझ फोरजी इन्टरनेट सेवा प्रदान गर्नुु रहेको छ । यो प्रोजेक्ट निर्माण गर्न एक दशक भन्दा धेरै समय लागेको थियो । 

लुुनका कार्यकारी प्रमुुख एलिस्टर वेष्टगार्थका अनुुसार आकाशमा करिब २० किलोमिटरको उचाईसम्म हावामा तैरिने बेलुुनहरुको बेस स्टेसनले परम्परागत मोबाइल टावरभन्दा सयौं गुुणा धेरै  कभरेज प्रदान गर्ने गर्दछ । यी बेलुुनहरु क्यालिफोर्निया र प्युुटोरिकोबाट लञ्च गरिएका हुुन् र यिनीहरुलाई कम्प्युुटरको माध्यमबाट सिलिकन भ्यालिबाट हिलियम र प्रेसर टुु स्टिरको प्रयोगले लुुनको फ्लाइट स्टेशनबाट नियन्त्रित गर्ने गरिन्छ ।