काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनी लिमीटेडले रिजर्ब कोषको ऋणात्मक अवस्थालाई केही सुधार गरे पनि संचालन घाटासहितको रिपोर्ट सार्वजनिक गरेको छ ।

यो कम्पनीले अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमासमा २ करोड ५० लाख रहेको खूद घाटामा सुधार गरी ३ करोड ४६ लाख खूद नाफा आर्जन भएको देखाए पनि ३ करोड ८९ लाख रुपैयाँ संभावित जोखिम व्यवस्थापनबाट फिर्ता लिएको छ । धेरैको आँखा खूद नाफामा मात्र जाँदा व्यवसाय बिस्तार गरेरै खूद नाफा ३ करोड माथि रहेकोमा जानसक्छ।

समीक्षा अवधिमा यो कम्पनीले व्यवसाय बिस्तारमा खासै प्रगति गर्न सकेन, यहीकारण १ करोड ३७ लाख रहेको खूद ब्याज आम्दानी सामान्य  वृद्धि भई १ करोड ४८ लाख मात्र भएको हो ।

अघिल्लो वर्षको तेश्रो त्रैमासमा ६१ लख बढी रहेको संचालन घाटा यो वर्ष १२ लाखमा झरेको छ भने १२ करोड ३४ लाखले ऋणात्मक रहेको रिजर्ब कोष ८ करोड ५५ लाखले ऋणात्मक भएको छ ।

समीक्षा अवधिमा १८ करोड ७६ लाख निक्षेप संकलन गरी २५ करोड ३८ लाखको हाराहारीमा कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ३ करोड ८१ लाख  निक्षेप संकलन गरी १९ करोड कर्जा परिचालन गरेको थियो ।

अघिल्लो वर्ष ९३.५३ प्रतिशत रहेको निस्क्रिय कर्जालाई ५८.२० प्रतिशतमा झार्ने सफलता पाएको यो कम्पनीको अघिल्लो वर्ष ३ प्रतिशत रहेको कस्ट अफ फण्ड १०.९१ प्रतिशत पुगेको छ ।

यो अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १२.०९ रुपैयाँ,  प्रतिसेयर नेटवर्थ ७१.३७ रुपैयाँ र मूल्य आम्दानी अनुपात १२.८२ गुणा कायम भएको छ ।