काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म खराब कर्जा अनुपातमा व्यापक सुधार गरेको छ। 

दोस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीले खराब कर्जा अनुपात ७.०२ प्रतिशतले घटाउन सफल भएको छ। गत वर्ष यही अवधिसम्म २१.७० प्रतिशत खराब कर्जा अनुपात रहेकोमा समीक्षा अवधिमा घटेर १४.६८ प्रतिशतमा झरेको छ। 

यसैगरी समीक्षा अवधिसम्म कम्पनीको कस्ट अफ फन्ड पनि घटेर ९.४१ प्रतिशतमा झरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीको कस्ट अफ फन्ड ९.९३ प्रतिशत थियो। 

कम्पनीको आधार दर १३.९८ प्रतिशतमा झारिएको छ। गत वर्ष यही अवधिसम्म कम्पनीको आधार दर १४.३० प्रतिशत थियो।

दोस्रो त्रैमाससम्म कम्पनीले खुद नाफा ३१.४३ प्रतिशतले बढाउँदै ४ करोड ७४ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीको खुद नाफा ३ करोड ६१ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म कम्पनीको सञ्चालन मुनाफा ६ करोड ८९ लाख रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीको सञ्चालन मुनाफा ५ करोड ४१ लाख रुपैयाँ रहेको थियो। 

दोस्रो त्रैमाससम्म कम्पनीले ८ करोड ३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी ७ करोड ८२ लाख रुपैयाँ रहेको थियो। 

कम्पनीले १ करोड ८५ लाख रुपैयाँ वितरणयोग्य मुनाफा तयार पारेको छ।

समीक्षा अवधिमा कम्पनीले २ अर्ब ६० करोड रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले २ अर्ब २९ करोड रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ७६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

कम्पनीले रिजर्भको आकार १६.६६ प्रतिशतले बढाएको छ। गत वर्ष २८ करोड ७५ लाख रुपैयाँ रहेको रिजर्भमा बढेर ३३ करोड ५४ लाख रुपैयाँ पुगेको छ।