काठमाण्डौ । सुजुकी कारको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटोकर्पले आफ्नो बेष्ट सेलर मोडल डिजायरको फेसलिफ्ट भर्जन सार्वजनिक गरेको छ । 

हियरटेक च्यासिस प्ल्याटफर्ममा आधारित भई निर्माण गरिएकाले कारको वजन हल्का छ । पीयसको रोबष्ट च्यासिस डिजाइनका कारण कारमा यात्रा गर्नेका लागि भने अझ सुरक्षित भएको कम्पनीले बताएको छ । 

सुरक्षामा विशेष ध्यान दिई निर्माण गरिएको कारका सबै भ्यारियण्टमा डुअल एयरब्याग र एबीएसलाई स्ट्याण्डर्ड सुरक्षा फिचर्सका रुपमा उपलब्ध गरिएको छ । कारको बाहिरी सजावट पूर्ण रुपले परिमार्जन गरिएको छ । यसले गर्दा कारलाई आफ्नो श्रेणीकै सर्वाधिक स्टाइलिस लुक्स प्राप्त भएको छ । 

पछिल्लो संस्करणका तुलनामा नयाँ कारको चौडाई ४० एमएम फराकिलो रहेको छ । साथै, कारमा लामो ह्वील बेसको प्रयोग गरिएको छ । यसले कारको आन्तरिक भागलाई थप स्पेशियस र आरामदायी बनाएको कम्पनीको दाबी छ । कारको उपयोगितामा थप बढावा दिने सोचका साथ यसको बुट स्पेश पनि थप बढाएर ३ सय ७८ लिटर बनाइएको छ । 

कारमा प्रिमियम सेडानमा झैं किलेस एण्ट्रिज, डीआरएल, रियर भेण्टसहितको स्वचालित एसी, डायमण्ट कट अलोइ लगायत अत्याधुनिक सुविधा पनि उपलब्ध  छन् । साथै,कारमा एण्ड्रोइड अटोमा आधारित स्टेट अफ आर्ट ईन्फोटेनमेण्ट प्रणाली (भारतीय निर्मित कारमै पहिलो) र ठूलो टच स्क्रिन प्रणाली मार्फत एप्पल कार प्लेको सुविधा पनिउपलब्ध गरिएको छ । कारलाई पूर्ण परीक्षण गरी सफलता हात पारिसकेको के १४ ईञ्जिनले शक्ति प्रदान गर्छ । के १२ ईञ्जिन विशेष गरी शक्ति र २२ किलोमिटर प्रति लिटर माइलेज दिने ईञ्जिनका रुपमा परिचित छ ।