काठमाण्डौ । बैंक तथा बित्तीय संस्थामा कार्यरत सहायकदेखि अधिकृत स्तरसम्मका कर्मचारीले अनिवार्य रुपमा बैंकिंग सम्बन्धी तालिम लिनुपर्ने भएको छ । 

नेपाल राष्टबैंकले मौद्रिक नीतिमा भएको व्यवस्थामा आधारित रही बिहीबार एक निर्देशन जारी गर्दै यो व्यवस्था कार्यान्वयनमा ल्याएको हो । 

कर्मचारीको दक्षता अभिवृद्धिका लागि तोकिएको रकमको दुरुपयोग भएपछि केन्द्रीय बैंकले त्यसलाई रोक्न अनिवार्य तालिम सम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याएको हो । 

सहायकदेखि अधिकृतस्तरसम्मका कर्मचारीलाई मात्र नभई आफ्नो संस्थामा नयाँ भर्ना भएका कर्मचारीहरुलाई समेत बैंकले काम थालेको २ वर्षभित्र यस्तो तालिम दिइसक्नुपर्नेछ ।