काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले कोरोना संक्रमण भएका आफ्ना कर्मचारीहरुको पीसीआर टेस्ट, आइसोलेसन तथा क्वारेन्टिन बसाई र अन्य व्यवस्थापनका लागि सिर्जित सबै दायीत्व व्यहोर्नुपर्ने भएको छ । 

नेपाल राष्ट्रबैंकले कोभिड १९ को संक्रमण बढिरहेको सन्दर्भमा सुरक्षित ढंगले न्यूनतम बैंकिङ सेवा सुचारु गर्नुपर्ने अवस्था देखिएकोले बैंकहरुलाई १४ बुँदे निर्देशन दिंदै यस्तो व्यवस्था गरेको हो । 

कोभिड १९ बाट संक्रमित कर्मचारीलाई तुरुन्त व्यवस्थित रुपमा घर, अस्पताल वा होटलमा आइसोलेसनमा सुरक्षित राख्न आवश्यक व्यवस्थापन गर्नुपर्ने र सोको सम्पूर्ण खर्च सम्बन्धित बैंक तथा वित्तीय संस्थाले नै व्यहोर्नुपर्ने भनिएको छ । 

यस्तै, संक्रमितको सम्पर्कमा आएका वा कन्ट्याक्ट ट्रेसिङमा परेका कर्मचारीलाई पनि बैंकले नै आवश्यकताअनुसार घर तथा होटलमा क्वारेन्टिनमा सुरक्षित राख्न व्यवस्था गर्नुपर्ने र त्यसको खर्च पनि सम्बन्धित संस्थाले नै व्यहोर्नुपर्ने व्यवस्था भएको छ ।

अत्यावश्यक परी इलाका बाहिर गएका वा पठाइएका कर्मचारीहरु संस्थामा फर्किँदा पीसीआर टेस्ट गराउने र नतिजा नेगेटिभ आएपछि मात्र कार्यालयमा आउने व्यवस्था गर्नुपर्ने केन्द्रीय बैंकको निर्देशन छ । 

कर्मचारीको पीसीआर टेस्ट गर्दा आउने सबै खर्च समेत बैंकले नै व्यहोर्नुपर्ने उल्लेख गरिएको छ । 

केन्द्रीय बैंकको सूचना यस्तो छः