काठमाण्डौ । व्यवस्थापनमा अब्बल भएर पनि जागिर पाइरहनुभएको छैन ? व्यवस्थापन पढी राम्रो अंक ल्याएर सामान्य बैकिङमा हल्लिरहनुपरेको छ भने अब तपाईका लागि मेगा बैंकले खुलाएको अवसर राम्रो बैंकमा जागिर खाने प्रवेश विन्दू हुनसक्छ । 

मेगा बैंकले असिस्टेन्ट लेभलदेखि मेनेजर लेभलसम्मको पदमा ७७ जना नयाँ जनशक्ति मागेको हो । बैंकले मेनेजर लेभलका लागि २, अफिसर लेभलमा २९ र असिस्टेन्ट लेभलमा ४६ जनाका लागि जागिर खुलाएको हो । 

बैंकको कर्पोरेट अफिस अन्तर्गत मेगा माइक्रो बैकिङका लागि र भैरहवा शाखाको मेनेजर गरी २ जनाका लागि जागिर खुलाइएको छ । १० वर्ष बैकिङ अनुभव हासिल गरेका, २ वर्षको सिनियर लेभलमा रहेर बैंकमै काम गरेको, ४५ वर्ष ननाघेको र व्यवस्थापन तथा अर्थशास्त्रमा कम्तीमा दोश्रो श्रेणीमा स्नातकोत्तर गरेकोले यो पदका लागि आवेदन दिन सक्ने जनाइएको छ । 

यसैगरी, मेगा बैंकले अफिसर लेभलका लागि २२ जना जनशक्ति मागेको छ । मुख्य कार्यालयस्थित कर्पोरेट अफिसको आइटी विभाग, मानव संसाधान, क्रेडिट रिस्क, मेगा कर्पोरेट क्रेडिट, इन्फ्रास्टक्चर फाइनान्सिङ र लिगल डिपार्टमेन्टका लागि कुल ७ जना अफिसर मागिएको छ । यस्तै, बुटवल शाखाका लागि एकजना मागिएको छ । बुटवलस्थित क्रेडिट रिस्क, क्रेडिट एडमिनिस्टेसन, रिलेशनसीप मेनेजरमा गरी ३ जना अफिसर मागिएको छ । कुनै पनि वाणिज्य बैंकमा ६ वर्ष काम गरेको अनुभव तथा सिनियर लेभलमा रही ३ वर्ष काम गरेकालाई यो पोस्टमा प्राथमिकता दिइनेछ । यसैगरी, अफिसरका लागि व्यवस्थापन वा अर्थशास्त्र वा सम्बन्धित बिषयमा न्यूनतम दोश्रो श्रेणीमा स्नातकोत्तर वा स्नातक उतीर्ण गरेको ३५ वर्ष ननाघेकोले आवेदन दिन सक्ने जनाइएको छ । प्राविधिक विभागको अफिसर पदका लागि सम्बन्धित बिषयमा ज्ञान हुनुपर्ने उल्लेख छ । 

यस्तै, तेश्रो तहको अफिसरका लागि बैंकले ६ जना मागेको छ । मार्केटिङ र न्यू प्रडक्ट डेभलपमेन्ट, कर्पोरेट क्रेडिट र क्रेडिट रिस्कमा काम गर्ने गरी ३ जना, नेपालगञ्ज शाखाका लागि विजिनेश डिपार्टमेन्टमा १ जना, बुटवल कार्यालयका लागि टेड फाइनान्स र रिलेशनसीप मेनेजर गरी २ जना जनशक्ति मागिएको हो । अर्थशास्त्र, व्यवस्थापन वा सम्बन्धित बिषयमा कम्तीमा दोश्रो श्रेणीमा स्नातक वा स्नातकोत्तर उत्तीर्ण गरी ५ वर्ष बैकिंग अनुभव प्राप्त गरी २ वर्ष समेत सिनियर लेभलमा काम गरेकालाई प्राथमिकता दिइने उल्लेख छ । 

दोश्रो तहको अफिसरका लागि मेगा बैंकले ४ जना जनशक्ति मागेको छ । यसमध्ये एसएमई बैकिङ र इन्टरनेट अडिटमा ३ जना र वीरगञ्ज शाखाका लागि १ जना मागिएको छ । ३५ वर्ष ननाघेको, व्यवस्थापन वा अर्थशास्त्र वा सम्बन्धित बिषयमा कम्तीमा दोश्रो श्रेणीमा स्नातक वा स्नातकोत्तर उत्तीर्ण गरी ५ वर्षे बैकिङ अनुभव र त्यसमध्ये २ वर्ष सिनियर लेभलमा काम गरेको अनुभव प्राप्तले आवेदन दिन सक्ने बैंकले जनाएको छ । 

पहिलो तहको अफिसर पदमा ८ जना मागिएको छ । यीमध्ये कर्पोरेट अफिसमा ४ जना, बुटवल, भैरहवा र पोखरा शाखामा ३ जना र बुटवलको क्षेत्रीय कार्यालयमा क्रेडिट एडमिनिस्टिे«सनमा १ जनाले काम गर्नुपर्नेछ । ३५ वर्ष ननाघेको, व्यवस्थापन, अर्थशास्त्र वा सम्बन्धित बिषयमा कम्तीमा दोश्रो श्रेणीमा स्नातक वा स्नातकोत्तर गरी ४ वर्षे बैकिङ अनुभव प्राप्त गरी १ वर्ष सिनियर लेभलमा काम गरेकालाई प्राथमिकता दिइनेछ । 

बैंकले ४६ जना जनशक्ति असिस्टेन्ट लेभलका लागि माग गरेको छ । चौथो तहको असिस्टेन्ट लेभलमा माग गरिएको मध्ये २ जना बुटवलका लागि, काठमाण्डौ, भैरहवा, पोखरा, नेपालगञ्ज, कावासोती, तौलिहवा, मनिग्राम, सुनवल, तानसेन, रामपुर, वालिंग, तुल्सीपुर र जितपुरको शाखाको विजिनेश डिपार्टमेन्टका लागि १५ जना र कावासोती, तौलिहवा, मनिग्राम, सुनवल, तानसेन, वालिंग र जितपुरको शाखामा अपरेसन विभागका लागि ७ जना जनशक्ति मागिएको छ । 

अर्थशास्त्र, व्यवस्थापन वा सम्बन्धित बिषयमा कम्तीमा दोश्रो श्रेणीमा स्नातक वा स्नातकोत्तर गरेका, ३० वर्ष ननाघेका, कुनै वाणिज्य बैंकमा ३ वर्ष काम गरेको अनुभव प्राप्तले यो पदमा आवेदन दिन सक्ने बताइएको छ । 

तेश्रो श्रेणीको असिस्टेन्ट लेभलमा ४ जनशक्ति मागिएको छ । १ काठमाण्डौका लागि र बाँकी ३ कर्पोरेट अफिसका लागि मागिएको हो । यो पदमा चौथो श्रेणीको असिस्टेन्टको झै शिक्षा र उमेरको सीमा यथावत रहे पनि कुनै वाणिज्य बैंकमा २ वर्ष काम गरेकाले आवेदन दिन सक्नेछन् । 

दोश्रो तहको असिस्टेन्ट पदमा बैंकले ६ जना मागेको छ । एकजनाले कर्पोरेट अफिस, नारायणघाट शाखाको विजिनेश डिपार्टमेन्टमा एकजनाले, र विराटनगर, वीरगञ्ज, धादिङ र वालिङ शाखाको अपरेशनमा रहेर ४ जनाले काम गर्नुपर्नेछ । यो पदमा २९ वर्ष ननाघेका, सम्बन्धित बिषयमा स्नातक वा स्नातकोत्तर गरेका र बैकिंग क्षेत्रमा २ वर्ष अनुभव प्राप्त गरेकाले आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ । 

पहिलो श्रेणीको असिस्टेन्ट पदमा १२ जनशक्ति मागिएको छ । २ जना कर्पोरेट अफिसका लागि, ३ जना क्षेत्रीय कार्यालय बुटवलको क्रेडिट एडमिनिस्टेसन र रिलेसनसीप अफिसरको रुपमा र बाँकी ७ जना विराटनगर, पोखरा, नेपालगञ्ज, नारायणघाट र तुल्सीपुर शाखाको अपरेसन विभागमा रहेर काम गर्ने गरी मागिएको छ । २८ वर्ष ननाघेका, न्यूनतम दोश्रो श्रेणीमा अर्थशास्त्र वा व्यवस्थापन वा सम्बन्धित बिषयमा स्नातक वा स्नातकोत्तर गरेका, एकवर्षे बैकिङ अनुभव भएकाले यो पदमा आवेदन दिनसक्ने बताइएको छ । 

आफ्नो क्षमता र अनुभवसँग मेल खाने पदमा आवेदन दिन चाहनेले आगामी भदौ १ गतेभित्र आवश्यक कागजात पेश गरिसक्नुपर्ने छ ।