काठमाण्डौ । नेपाल राष्ट्रबैंकले एकलाख रुपैयाँसम्मको नगद बैंकमा जम्मा गर्दा त्यसको स्रोत, जम्मा गर्नेको पहिचान झल्कने परिचयपत्र वा अन्य कागजात खोज्ने पूर्व प्रावधानलाई खुकुुलो बनाइदिएको छ । 

केन्द्रीय बैंकले बैंक तथा बित्तीय संस्थाहरुको नाममा निर्देशन जारी गर्दै १ लाखसम्म नगद जम्मा गर्दा यसअघि राखिएका कडा प्रावधानमा केही लचक नीति अनपाइएको प्रष्ट बनाएको हो । 

‘कुनै पनि बैंक खातामा सम्बन्धित खाता संचालक बाहेक अन्य कुनै पनि व्यक्तिले रु. १ लाखभन्दा बढी रकम नगदै जम्मा गर्न आएमा जम्मा गर्ने व्यक्तिको पहिचान खुुल्ने कागजात लिई नगद जम्मा गर्नुको प्रयोजन समेत खुलाउनुपर्नेछ ।’–राष्ट्रबैंकले आफ्नो निर्देशनमा भनेको छ । 

यसअघि राष्टबैंकले १ लाखसम्म नगद जम्मा गर्दा समेत यस्तो प्रावधान लागूू गरेको थियो । तर, यसको सर्वत्र विरोध भएको थियो । थोरै पैसा जम्मा गर्न जाँदा समेत निक्षेपकर्ता वा तिनका प्रतिनिधिहरुलाई बैंकहरुले कागजात मागेर र प्रश्न सोधेर हैरान पार्न थालेपछि सर्वसाधारणहरुले यो व्यवस्थामा सुधार हुनुपर्ने माग गरेका थिए । सर्वसाधारणको मागलाई सम्बोधन गर्दै अर्थमन्त्रालयले १ लाखसम्मको नगद कारोबारको व्यवस्थामा केही लचक हुन गरेको आग्रह स्वीकार गर्दै केन्द्रीय बैंकले नयाँ निर्देशन दिएको बताइएको छ ।