काठमाण्डौ । कुनै बैंक तथा बित्तीय संस्थामा चल्ती वा कल खाता खोलेर ६ महिनासम्म कारोबार गर्नुभएन भने अब त्यस्तो खाता निस्क्रिय हुने भएको छ। 

नेपाल राष्ट्रबैंकले बिहीबार बैंक तथा बित्तीय संस्थाहरुलाई सर्कुलर जारी गर्दै यस्तो व्यवस्था गर्न भनेको हो । 

राष्ट्रबैंकले वित्तीय स्रोत संकलन सम्बन्धि ब्यवस्थामा संशोधन गर्दै तीन बर्षसम्म कुनै बचत खातामा कारोबार नभए त्यसलाई निस्क्रिय (डोरमेन्ट) गर्नु पर्ने ब्यवस्था गरेको छ।

बचत खाताको हकमा ३ वर्ष एवम् कल खाता र चल्ती खाताको हकमा ६ महिना भन्दा बढी समयावधि व्यतित भएपछि त्यस्तो खाता निस्क्रिय गर्नुपर्ने व्यवस्था गरिएको हो । 

निस्क्रिय खाता पुनः संचालन गर्न ग्राहकले चाहेमा निवेदन दिए पुग्छ । 

बैंक तथा वित्तीय संस्थाहरुमा खाता खोल्नेको संख्या धेरै देखिए पनि निस्क्रिय पारेर राख्ने प्रवृति समेत बढेको र यसले सक्रिय खातावालहरुको तथ्यांक संकलनमा समेत अप्ठ्यारो भएपछि केन्द्रीय बैंकले यस्तो व्यवस्था गरेको हो ।