काठमाण्डौ । नेपाल बैंकर्स संघको नयाँ अध्यक्षको रुपमा भूवन दाहालको उदय भएको छ । 

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका दाहालले अध्यक्ष बन्न अरुले गरेको आग्रह सहजै स्वीकार गरेपछि एक कार्यकाल दोहोर्याउने मूडमा पुगेका वर्तमान अध्यक्ष ज्ञानेन्द्र ढुंगाना पछि हटेपछि यो संभव भएको हो । 

संघको दुई कार्यकाल कार्यसमिति सदस्य रहेका दाहाल सर्वसम्म अध्यक्ष चयन भएका बैंकर्स संघको सचिवालयले जनाएको छ । 

संघको उपाध्यक्षमा नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत अनुकुल भटनागर चयन भएका छन् । 

संघमा ४ सदस्यको रुपमा नयाँ अनुहार आएका छन् भने तीन सदस्य यथावत रहेका छन् । पुराना सदस्यहरुमा सिभिल बैंकका गोविन्द गुरुङ, एनसीसी बैंकका रमेशराज अर्याल र माछापुच्छ्रे बैंकका सुमन शर्मा दोहोरिएका छन् । 

संघको नयाँ एनएमबी बैंकका सीइओ सुनिल केसी, मेगा बैंकका सीइओ अनुपमा खुञ्जेली, नेपाल बैंकका नवनियुक्त सीइओ कृष्णबहादुर अधिकारी, सनराइज बैंकका सीइओ जनक शर्मा पौड्याल सर्वसम्मत निर्वाचित भएका छन् ।