काठमाण्डौं । बैंकका सहायक कम्पनीहरुलाई ब्रोेकर लाइसेन्सका विषयमा भएको अध्ययनको अन्तिम प्रतिवेदन अर्को साता सार्वजनिक हुुने भएको छ ।

नेकपाकी सांसद रामकुुमारी झाँक्री नेतृत्वमा बनेको ५ सदस्यीय उपसमितिले आगामी आइतबार अन्तिम बैठक बसी सो प्रतिवेदन संघीय संसदको अर्थसमितिलाई दिने अर्थसमितिका सभापति कृष्ण दाहालले बिजशालालाई जानकारी दिए । 

उपसमितिबाट आएको प्रतिवेदन आवश्यकता अनुुसार परिमार्जन पनि गर्न सकिने बताउँदै उनले पूूर्वअर्थमन्त्री र अर्थविद्हरुको धारणालाई समेत समावेश गरिने संकेत गरे । 

‘आवश्यक परेमा परिमार्जन पनि गर्न सक्दछौं । आवश्यक नपरे परिमार्जन नगरी सार्वजनिक गर्नेछौं।’सभापति दाहालले बिजशालासँग भने ।

बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स दिइँदा इन्साइडर ट्रेडिङको खतरा हुुने भन्दै स्टक ब्रोकरहरुले अर्थसमितिलाई गुुहारेको यसअघि नै सांसद मेटमणि चौधरीले दाबी गर्दै आएका छन् ।

गत वर्षको साउनमा अर्थसमितिले रामकुुमारी झाँक्रीको नेतृत्वमा बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्सका विषयमा अध्ययन गर्न कमिटी गठन भएसँगै उपसमितिले यसअअघि नै राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा नै गई अध्ययन गरी अन्तिम प्रतिवेदन जेठभित्रै बुुझाइने कमिटीकी संयोजक झाँक्रीले बिजशालालाई बताएकी थिइन् । उनले केही शर्तको अधीनमा रही बैंकका सहायक कम्पनीहरुले ब्रोकर लाइसेन्स पाउनेबारे यसअघि नै खुुलासा गरिसकेकी छिन् ।

लगानीकर्ताका ५ वटै संघसंगठन र आम लगानीकर्ताहरुले भने बैंकका सहायक कम्पनीहरुले ब्रोकर लाइसेन्स पाउनुुपर्ने माग गर्दै आइरहेका छन् भने यो माग समेत राखेर सेयर लगानीकर्ता दवाब समूूहले लकडाउन खुुलेको भोलिपल्टदेखि आमरण अनसन बस्ने घोषणा गरिसकेको छ ।