काठमाण्डौ । केही निश्चित बाहेकका अधिकांश बैंकहरुमा तरलताको अभाव हुन थालेको छ । बैंकहरुले ठूला लोन लिने प्रस्ताव लिएर जाने ग्राहकलाई रित्तो हात फर्काउन थालेका छन् । 

बैंकहरुले यो आर्थिक वर्षको पहिलो त्रैमासमा समेत विगत झै निक्षेपको तुलनामा कर्जा बिस्तारलाई केही आक्रामक बनाएका कारण अवस्था यस्तो देखिएको हो । 

बैंकहरुमा लगानीयोग्य रकमको अभाव भइरहेकै बेला बिहीबार नेपाल बैंकर्स संघको पहलमा ब्याजदर परिमार्जनको भद्र सहमति भएको छ । तर, यो सहमतिको मसी सुक्न नपाउँदै हिमालयन बैंक लगायतका केही वाणिज्य बैंकले भद्र सहमति भन्दा बढी ब्याजदर अफर गर्दै निक्षेप योजना सार्वजनिक गरेका छन् । यसले समेत बैंकहरुमा तरलता अभावको समस्या सिर्जना हुन थालेको बुझ्न सकिन्छ । 

बैंकहरु लगानीयोग्य रकमको अभावबाट गुज्रिदै गर्दा राष्ट्रबैंकले भने ग्रामीण स्वावलम्बन कोषमा रहेको ५७ करोड रुपैयाँ लगानी गर्ने भन्दै प्रस्ताव आह्वान गरेको छ । 

केन्द्रीय बैंकले ६ महिने मुद्धती निक्षेपमा ३० करोड, ३ महिने मुद्धती निक्षेपमा १५ करोड तथा कल निक्षेपमा रु. १२ करोड लगानीका लागि छुट्याइएको उल्लेख गर्दै लिन चाहने वाणिज्य बैंकहरुले असोज २६ गते शुक्रबार दिउँसो १ः३० बजेभित्र प्रस्ताव बुझाउन आह्वान गरेको छ । 

संचालनमा आएको २ वर्ष पूरा भएको तथा तोकिएको न्यूनतम पूँजीकोष कायम भएका वाणिज्य बैंकले प्रस्ताव पेश गर्न सक्ने बताइएको छ ।

अन्य शर्त यस्ता छन्: