काठमाण्डौ । वाणिज्य बैंकहरुले प्राथमिक पूँजीको २५ प्रतिशतको दरले भारतीय मुद्रामा समेत वैदेशिक ऋण लिन पाउने भएका छन् । 

नेपाल राष्टबैंकले मौद्रिक नीतिमार्फत परिवत्र्य विदेशी मुद्रामा वैदेशिक ऋण लिन पाउने व्यवस्थामा थप सुधार गर्दै भारतीय मुद्रामा समेत प्राथमिक पूँजीको २५ प्रतिशत लोन लिन पाइने व्यवस्था गरेको हो । 

वाणिज्य बैंकहरुले डलरमा ऋण भित्र्याउँदा भारतीय मुद्रासँगको स्थिर विनियम दरका कारण जोखिम बढी हुने भएको भन्दै भारतीय मुद्रामा समेत ऋण भित्र्याउन पाउनुपर्ने मागलाई केन्द्रीय बैंकले सम्बोधन गरेको हो । 

यसैगरी, वाणिज्य बैंकसँगै अन्य वर्गका बित्तीय संस्थाहरुले प्राथमिक पूँजीको २५ प्रतिशत ऋण लिन पाउने व्यवस्था समेत मौद्रिक नीतिमा गरिएको छ ।