काठमाण्डौ । चालूू आर्थिक वर्षभित्र नै धितोपत्र दोस्रो बजारमा बैंकिङ इन्टीग्रेसन हुने भएको छ ।

दोस्रो बजारलाई थप पारदर्शी र विश्वसनीय बनाउने हेतूूले नेपाल धितोपत्र बोर्डले चालूू आवभित्र नै बैंकिङ इन्टीग्रेसन गर्ने भएको हो । 

बैंकिङ इन्टीग्रेसनका लागि सम्बद्ध पक्षहरु नेपाल स्टक एक्सचेञ्जको नट्स, सिडिएस एण्ड क्लियरिङ लिमिटेड, ब्रोकरको टीएमएस, वाणिज्य बैंक, नेपाल क्लियरिङ हाउस र डीपीको संलग्नता रहने भएकाले सबै पक्षहरुसँग सहकार्य गर्दै करिब ३ महिनाभित्र बैंकिङ इन्टीग्रेसन गरिन लागिएको हो ।

बोर्ड अध्यक्ष भिष्मराज ढुङ्गानाका अनुुसार छिटोभन्दा छिटो बैंकिङ इन्टीग्रेसन गरिनेछ । हालसम्म २ लेभलको बैठक बसिसकेको र एउटा प्राविधिक कमिटी बनाई रिपोर्ट तयार गर्ने योजना रहेको उनले बताए । 

सम्बद्ध पक्षहरुबीच सकारात्मक कुुरा भइरहेको र लगानीकर्ताको बैंक खातामा नगद मौज्दात  भए सेयर खरिद गर्न पाइने व्यवस्था लागूू गर्न लागेको उनले बताए ।

बैंकिङ इन्टीग्रेसनका लागि बोर्डले धितोपत्र दलाल व्यवसायी(ब्रोकर)बाट ग्रीन सिग्नल पाइसकेको छ । हिजो मंगलबार स्टक ब्रोकर्स एशोसिएसनसँग बोर्ड बैठकमा सहभागी भएको थियो । एशोसिएसनका अध्यक्ष भरत रानाभाट बैंकिङ इन्ट्रीगेसन भएमा ब्रोकरहरुलाई निकै सहज हुने बताउँछन् ।

‘अनलाइन वा अफलाइन सेयर कारोबारीमध्ये सुुरुमा अनलाइन वा दुवै हुुन सक्दछ ।’उनी भन्छन्–‘यो विषयमा स्पष्ट हुुुन सकेको छैन, तर बैंकिङ इन्टीग्रेसनका लागि ब्रोकरका पक्षबाट गर्नुुपर्ने प्राविधिक परिवर्तन गर्न सकिन्छ ।’

बोर्ड स्रोतका अनुुसार बैंकिङ इन्टीग्रेसनसँगै कारोबार राफसाफ चक्रको ३ दिनको अवधिलाई घटाई टीप्लस टुु बनाउने बोर्डको योजना छ ।

हाल धितोपत्र कारोबार राफसाफ टी प्लस थ्री सञ्चालनमा आएको छ । दोस्रो बजारमा धितोपत्र कारोबार हुँदा खरिदबापतको पैसा दोस्रो दिनभित्र ब्रोकरलाई बुुझाउनुपर्छ भने कारोबार सम्पन्न भएको तेस्रो दिन साँझ वा चौथो दिन लगानीकर्ताको हातमा बिक्रीबापतको चेक हातमा पर्दछ ।