काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ३८ करोड ३७ लाख खुद नाफा आर्जन गरेको छ ।

प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा ०.८० प्रतिशतले घटेको हो । गत वर्ष बैंकको खुद नाफा ३८ करोड ६८ लाख रुपैयाँ थियो ।

बैंकले समीक्षा अवधिमा वितरणयोग्य मुनाफा १८ करोड ७६ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ ।

बैंकको समीक्षा अवधिमा सञ्चालन मुनाफा ५४ करोड ८१ लाख रुपैयाँ रहेको छ। गत वर्ष सञ्चालन मुनाफा ५४ करोड ७७ लाख रुपैयाँ रहेको थियो ।

प्रथम त्रैमासमा बैंकले खुद ब्याज आम्दानी ९७ करोड ३१ लाख रुपैयाँ गरेको छ। गत वर्ष यही अवधिमा बैंकको खुद ब्याज आम्दानी ८७ करोड ७९ लाख रुपैयाँ रहेको थियो ।

बैंकले समीक्षा अवधिमा ८५ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरी १५अर्ब ११ करोड रुपैयाँ अर्ब कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा बैंकले ८२ अर्ब ७१ करोड रुपैयाँ निक्षेप संकलन गरी १४ अर्ब ७६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

बैंकको रिजर्भको आकार समीक्षा अवधिमा ४ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ। गत वर्ष रिजर्भको आकार ४ अर्ब ५२ करोड रुपैयाँ रहेको थियो ।

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १९.०४ रुपैयाँ र पीई रेसियो ११.९२ प्रतिशत रहेको छ ।