काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले संस्थापक समूहको सेयर लिलाम बढाबढ प्रक्रियाबाट बिक्रीका लागि आज बुधबार शिलबन्दी बोलपत्र पेस गर्न आह्वान गरेको छ ।

बैंकले संस्थापक सेयरधनी शक्तिकुमार गोल्याणको स्वामित्वमा रहेको ३ लाख ७० हजार ३५६ कित्ता सेयर लिलामीमा राखेको हो । यसअघि लिलामी प्रक्रियामाफृत गोल्याणको यी सेयर खरिदका लागि विद्यमान संस्थापकहरुलाई आह्वान गरिए पनि कसैले आवेदन नदिएपछि पुनः लिलामी प्रक्रियाबाट बेच्न लागिएको छ ।

योपटक लिलामी प्रक्रियामा विद्यामान संस्थापकसँगै सर्वसाधरणले शिलबन्दी बोलपत्र पेस गर्न पाउने छन् ।

लिलामी राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १६० रुपैयाँ तोकिएको छ । बोलपत्र पेस गर्दा सो मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । दोस्रो बजारमा मंगलबार बैंक अफ काठमाण्डूको अन्तिम सेयरमूल्य २२९ रुपैयाँ रहेको छ ।

बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता वा सोभन्दा बढीका लागि १० अंकले गुणांकमा नेपाल राष्ट्र बैंकले तोकेको प्रतिव्यक्ति÷संस्था सीमाको अधीनमा रहने गरी अधिकतम ३ लाख ७० हजार ३५६ कित्ताका लागि आवेदन दिन सकिनेछ ।

बोलपत्र पेस गर्ने अन्तिम मिति माघ २२ गतेसम्म तोकिएको छ । सेयर बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।