काठमाण्डौ । गत आर्थिक वर्षको मुनाफाबाट पारित नगद लाभांश नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले सेयरधनीहरुको बैंक खातामा पठाउने भएका छन् ।

नेरुडे आज बिहीबारदेखि आफ्नो सेयरधनीहरुको बैंक खातामा नगद लाभांश पठाउन सुरु गरेको छ । संस्थाले गत आर्थिक वर्षका लागि ५.७९ प्रतिशत (बोनस सेयर करसहित) नगद लाभांश पारित गरेको छ । संस्थाको गत पुस २८ गते सम्पन्न १३ औँँ वार्षिक साधारणसभा नगद लाभांश पारित गरिसकेको छ ।

त्यस्तै तारागाउँ रिजेन्सी होटल्सले नगद लाभांश भोलि शुक्रबारदेखि सेयरधनीको बैंक खातामा पठाउने भएको छ । तारागाउँ रिजेन्सी होटल्सले गत आर्थिक वर्षका लागि १२.६३ प्रतिशत (करसहित) नगद लाभांश पारित गरेको छ । होटल्सको गत पुस २९ गते सम्पन्न २३ औँँ वार्षिक साधारणसभा नगद लाभांश पारित गरिसकेको छ ।

नेरुडे र तारागाउँ रिजेन्सी होल्टसले नगद लाभांश प्राप्त गर्न आफ्ना सेयरधनीहरुलाई सेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा बैंक खातासमेत अद्यावधिक गराउन आग्रह गरेका छन् । नेरुडेले सनराइज क्यापिटल लिमिटेडबाट र होटल्सले सानिमा क्यापिटल लिमिटेडबाट आईपीएसमार्फत नगद लाभांश भुक्तानी गर्ने व्यवस्था मिलाएका छन् । 

यदि सेयरधनीहरुले आफ्नो सेयर धितो राखेको हकमा भने समयमै आफ्नो नगद लाभांश प्राप्त गर्नका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र तारागाउँले सानिमा क्यापिटलमा र नेरुडेले सनराइज क्यापिटलमा पेस गर्नसमेत आग्रह गरेका छन् ।