काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुमा फेरि ठूलो संख्यामा रोजगारीको अवसर खुलेको छ । 

निजी क्षेत्रको सबैभन्दा बलियो बैंक, नवील बैंकले ट्रेनी असिस्टेन्ट नामको इन्ट्री लेभलको पदमा एकैपटक ५० कर्मचारी माग्दै बुधबार सूचना जारी गरेको छ । 

सम्बन्धित विषयमा स्नातक लेभलको अध्ययन पूरा गरी २५ वर्ष ननाघेको व्यक्तिले यो पदका लागि आवेदन दिन सक्ने बताइएको छ । आगामी १९ फेब्रुअरीसम्म इच्छुकले जागिरका लागि आवेदन दिइसक्नुपर्ने सूचनामा उल्लेख छ । 

यसैगरी,सेञ्चुरी कमर्सियल बैंकले पनि केही पदका लागि जनशक्ति मागेको छ । देशको कान्छो वाणिज्य बैंक सेञ्चुरीले सुदुरपश्चिमको प्रदेश कार्यालयका लागि एकजना डेपुटी म्यानेजर, विराटनगर, वीरगञ्ज, काठमाण्डौ, पोखरा र भैरहवाका लागि केही असिस्टेन्ट म्यानेजर, कर्णाली र सुर्खेतका लागि डेपुटी प्रदेश प्रमुख, बाँकेका लागि एकजना ब्राञ्च म्यानेजर, ब्राण्डिङ तथा सिएसआर डिपार्टमेन्टका लागि केही सिनियर अफिसर(मुख्य कार्यालयका लागि), मार्केटिङ डिपार्टमेन्टका लागि केही सिनियर अफिसर तथा अफिसर(हेड अफिस), नारायणगढ, विर्तामोड र काठमाण्डौ उपत्यकाभित्रका लागि केही रिलेशनसीप अफिसर, क्रेडिट रिस्क, रिकभरी तथा क्रेडिट मनिटरिङ डिपार्टमेन्टका लागि केही सिनियर अफिसर तथा अफिसर र भोजपुरका लागि एकजना ब्राञ्च म्यानेजर माग गरिएको छ । 

उता, सीबीआइएल क्यापिटल लिमीटेडले विभिन्न ८ पदका लागि जागिरको अवसर खुलाएको छ । 

डेपुटी सीइओका लागि समेत यो कम्पनीले आवेदन आह्वान गरेको छ । 

यस्तै, चिफ अपरेटिङ अफिसर, फाइनान्स एण्ड कम्प्लायन्स अफिसर, इन्भेष्टमेन्ट बैंकिङ अफिसर, मर्चेन्ट बैंकिङ अफिसर, रिसर्च एनलिस्ट अफिसरको पदमा १ जनाको दरले जनशक्ति मागिएको छ । 

म्यानेजमेन्ट ट्रेनी र असिस्टेन्ट लेभलका पदमा केही कर्मचारी मागिएको छ ।