काठमाण्डौ । तीन वाणिज्य बैंक, एक विकास बैंक र एक माइक्रोफाइनान्स कम्पनीले एकसाथ जागिरको अवसर खुलाएका छन् ।

मेगा बैंक लिमीटेडले म्यानेजर, अफिसर र असिस्टेन्ट लेभलका विभिन्न पदमा जागिरको अवसर खुलाएको छ । बैंकले म्यानेजर पदमा केही कर्मचारी मागेको छ, जसले काठमाण्डौ बाहिरका शाखा ह्याण्डल गर्नुपर्नेछ । यस्तै, अफिसर तथा असिस्टेन्ट लेभलमा समेत दर्जनौ कर्मचारी मागिएको छ । 

बैंकले प्रकाशन गरेको आवश्यकता सम्बन्धी सूचना यस्तो छ:

यस्तै, सिटिजन्स बैंक इन्टरनेशनलले समेत दर्जनौ कर्मचारी मागेको छ । यो बैंकले केही शाखा प्रबन्धक, केही शाखा व्यवस्थापक, केही अफिसर तथा सिनियर अफिसर, २ जना सुपरभाइजर र ३ जना ट्रेनी असिस्टेन्ट मागेको छ । विज्ञापन यस्तो छ:

यसैगरी, सिद्धार्थ बैंक लिमीटेडले पनि अफिसर लेभलमा काम गर्ने गरी केही चार्टर्ड अकाउण्टेन्ट माग गर्दै विज्ञापन प्रकाशित गरेको छ । बैंकले प्रकाशन गरेको विज्ञापन यस्तो छः

उता, राष्टिय स्तरको विकास बैंक लुम्बिनी विकास बैंकले १० जना टेनी जुनियर असिस्टेन्ट माग गर्दै आवश्यकता सम्बन्धी सूचना प्रकाशित गरेको छ । व्यवस्थापन र अर्थशास्त्रमा स्नातक गरेकाले यो पदमा आवेदन दिनसक्ने सूचनामा उल्लेख छ । बैंकको विज्ञापन यस्तो छ:

यस्तै, काभ्रेको साँगामा केन्द्रीय कार्यालय रहेको नागरिक लघुवित्त बित्तीय संस्था लिमीटेडले विभिन्न ४ पदमा १५ कर्मचारी मागेको छ । अधिकृतमा १ जना, व्यवस्थापन प्रशिक्षार्थीमा एकजना, शाखाप्रमुख ५ जना र फिल्ड सहायक प्रशिक्षार्थी ८ जना मागिएको छ । कम्पनीको विज्ञापन यस्तो छः