काठमाण्डौ । एनआइसी एशिया बैंकले बैतडीको पाटनमा नयाँ शाखा स्थापना गरी संचालनमा ल्याएको छ । 

बैतडी जिल्ला, पाटन नगरपालिका वडा नं ६ स्थित पाटन शाखा यही भाद्र २६ गतेदेखि सञ्चालनमा आएको हो । 

बैंकले सञ्चालनमा ल्याएको यस पाटन शाखाकोे समुद्घाटन पाटन नगरपालिकाका मेयर केशवबहादुर चन्दले गरेका थिए । 

पाटन शाखा सञ्चालनमा आएसँगै बैतडी क्षेत्रका ग्राहकलाई बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।

यो बैंक मुलुकभर २९८ शाखा कार्यालयहरु, ३५५ एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । करिब १८ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन्।