काठमाण्डौ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमीटेडले आगामी बैशाख २७ गतेदेखि १ बराबर ०.५ को अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने भएको छ । 

यो कम्पनीले १०० रुपैयाँ अंकित दरका ३२ लाख ७५ हजार कित्ता हकप्रद सेयर निश्कासन गर्ने भएको हो । 

हकप्रदमा जेठ ३० गतेभित्र आवेदन दिन सकिनेछ ।

यो कम्पनीले हकप्रद प्रयोजनका लागि २०७५ चैत २९ गते बुक क्लोज मिति तोकेको थियो । यसको अर्थ चैत २८ गतेसम्म यो कम्पनीको सेयर खरीद गरेकाहरुले हकप्रदका लागि आवेदन दिन सक्नेछन् ।

हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटलले गर्नेछ ।

हाल यो कम्पनीको चुक्तापूँजी ६५ करोड ५० लाख रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रदपछि चुक्तापूँजी बढेर ९८ करोड २५ लाखको उचाईमा पुग्नेछ ।

इक्रा नेपालले यो कम्पनीको आइपीओलाई आइपीओ ग्रेड फोरको रेटिङ प्रदान गरेको छ । यसको अर्थ कम्पनीको वित्तीय अवस्था औसत भन्दा कमजोर छ भन्ने हो । 

यो कम्पनीको दोश्रो बजारमा अन्तिम बिक्री मूल्य ३४६ रुपैयाँ रहेको छ ।