काठमाण्डौ । महुली सामुदायिक लघुवित्त बित्तीय संस्था लिमीटेडले सर्वसाधारणका लागि आगामी बैशाख ७ देखि १ करोड २० लाख रुपैयाँ बराबरको प्राथमिक सेयरको निश्कासन गर्ने भएको छ । 

एकसय रुपैयाँ अंकित मूल्यको कुल १ लाख २० हजार कित्ता सेयर आइपीओ गरिने र बैशाख ७ देखि ११ गतेसम्म यसका लागि लगानीकर्ताले आवेदन दिनुपर्ने कम्पनीले सोमबार एक सूचनामार्फत जनाएको छ । बैशाख ११ गतेसम्म पनि माग अनुसार आइपीओमा आवेदन नपरे आवेदन दिने अधिकतम मिति बैशाख २१ तय गरिएको छ । 

इच्छुक लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम ६ सय कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । 

यो माइक्रो फाइनान्स कम्पनीले कुल निश्कासित कित्तामध्ये ४ हजार ८ सय कित्ता आफ्ना कर्मचारीका लागि, ६ हजार कित्ता संचालनमा रहेका १० म्युुचुुअल फण्डका लागि र बाँकी १ लाख ९ हजार २ सय कित्ता सर्वसाधारणका लागि छुट्याएको छ । 

एनसिएम मर्चेन्ट बैकिङ लिमीटेड यो कम्पनीको आइपीओ निश्कासनका लागि बिक्री प्रबन्धक तोकिएको छ । 

हाल यो कम्पनीको चुक्तापूँजी २ करोड ८० लाख रुपैयाँ रहेको छ । आइपीओपछि चुक्तापूँजी ४ करोडको उचाईमा पुुग्नेछ । यो कम्पनीको अधिकृत पूँजी १५ करोड रुपैयाँ रहेको छ । आइपीओपछि कम्पनीमा संस्थापक र सर्वसाधारण सेयरधनीको स्वामित्व अनुपात ७० : ३० कायम हुनेछ । 

कहाँ-कहाँबाट दिने आवेदन ?
१)एनसिएम मर्चेन्ट बैकिङ लिमीटेड, कमल पोखरी काठमाण्डौ । सम्पर्क व्यक्ति : अर्चना श्रेष्ठ, सम्पर्क फोन : ०१-४४२८६८८
२)महुली सामुदायिक लघुवित्त बित्तीय संस्था, महुली बजार, सप्तरी । सम्पर्क व्यक्ति : चन्द्रनारायण चौधरी । सम्पर्क फोन : ०३१-४११००५
३)महुली सामुदायिक लघुवित्त गाइघाट । सम्पर्क व्यक्ति : अनिता चौधरी । सम्पर्क : ०३५-४२०९४२
४)महुली सामुदायिक लघुवित्त संस्था भोजपुर । सम्पर्क व्यक्ति : अशोक शाह । सम्पर्क : ०२९-४२०६२८
५)महुली सामुदायिक लघुवित्त संस्था, दिक्तेल । सम्पर्क व्यक्ति : प्रकाशकुमार चौधरी । सम्पर्क : ०३६-४२०६०३
६)महुुली सामुदायिक लघुवित्त संस्था,खनियाखर्क । सम्पर्क व्यक्ति: ताकबहादुर राई । सम्पर्क : ६९१९८१
७)सनराइज बैंक लिमीटेड काठमाण्डौ र देशभरका शाखा कार्यालयहरु । सम्पर्क व्यक्ति : निरिशराज उपाध्याय । सम्पर्क : ०१-४९१६३९५
(नोट : आस्वा सदस्य बैंक तथा बित्तीय संस्था तथा तिनका शाखाहरु)