काठमाण्डौ । नेपाल बंगलादेश(एनबी) बैंकले आगामी बैशाख ७ गतेबाट ८० प्रतिशत हकप्रद निश्कासन गर्ने भएको छ । 

बैंकले मंगलबार एक सूचना प्रकाशित गरी आगामी बैशाख ७ देखि १ सय रुपैयाँ अंकित मूल्यका कुल ३ करोड २० लाख ९४ हजार ६८  कित्ता हकप्रद निश्कासन गरिने प्रष्ट पारेको हो । हकप्रदका लागि इच्छुुक सेयरधनीले जेठ १० गतेसम्म तोकिएका केन्द्रमा आवेदन दिनसक्नेछन् । 

बैंकले ८० प्रतिशत हकप्रदका लागि बुक क्लोजको मिति चैत १८ गतेलाई तोकेको थियो । यसको अर्थ चैत १७ गतेसम्म यो बैंकको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले हकप्रदमा आवेदन दिन पाउनेछन् । 

यो बैंकको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमीटेड रहेको छ । 

इच्छुक लगानीकर्ताले काठमाण्डौको जमलस्थित ग्लोबल आइएमई क्यापिटल लिमीटेडको मुख्य कार्यालय र बंगलादेश बैंकको काठमाण्डौ तथा देशभरका शाखा कार्यालयबाट आवेदन दिनसक्नेछन् । 

यति ठूलो परिमाणको हकप्रद निश्कासनपछि बैंकको चुक्तापूँजी हालको ४ अर्ब १ करोडबाट वृद्धि भई ७ अर्ब २२ करोडको उचाईमा पुुग्नेछ । यो बैंकले चालुु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ५४ करोड ६ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको छ ।