-तुलसी पन्त
काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्सले नयाँ विशेषतासहितको ‘सानिमा जीवन श्री’ बिमा योजना सार्वजनिक गरेको छ । 

कम्पनीले यो स्किमलाई आधुनिक स्तरको उत्कृष्ट जीवन बिमा योजना भनेको छ । 

यो योजनामा १६ वर्षदेखि ६० वर्ष उमेरसम्मका व्यक्तिले न्यूनतम ५ लाख रुपैयाँ वा सो भन्दा बढीको जीवन बिमा गर्न सक्ने कम्पनीले आइतबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । 

यो योजनाका लागि बिमा अवधि १०, १५, २०, २५ र बिमा शुल्क भुक्तानी अवधि ६, १०, १५ र १८ निर्धारण गरिएको कम्पनीले जनाएको छ । 

‘यो योजना अन्तर्गत जीवन बिमा गर्दा कम्पनीले कहिले र कति बोनस दिन्छ भनी सोच्नु पर्दैन ।’ पत्रकार सम्मेलनमा कम्पनीका अधिकारीहरुले भनेका छन्–‘कम्पनीले सुरुमा नै पूरा बिमा अवधिका लागि प्रतिहजार बिमांकमा रु. ७० बोनस ग्यारेन्टी गरिएको छ ।’ 

बिमा अवधिभित्र बिमा लेख चालू रहेको अवस्थामा बिमितको मृत्यु भएमा बिमालेखको शर्तहरुको अधीनमा रही बिमांक र प्रत्येक वर्ष प्रतिहजार बिमांकमा रु. ७० ग्यारेण्टी बोनस एकमुष्ट प्रदान गरिने बताइएको छ । 

यस्तै, बिमा समाप्ति मितिसम्म विमित जिवित रहेमा बिमालेखको शर्तहरुको अधीनमा रही बिमांक र प्रत्येक वर्ष प्रतिहजार बिमांकको रु. ७० का दरले पूरा बिमा अवधिको बोनस एकमुष्ट प्रदान गरिने कम्पनीले जारी गरेको  विज्ञप्तिमा उल्लेख छ ।