काठमाण्डौ । गत वर्षको १६ प्रतिशत लाभांशका लागि प्रभु बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ ।

नेप्सेले प्रभु बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २३०.१७ रुपैयाँ कायम गरेको हो । यो मूल्यमा दोस्रो बजारमा आज प्रभु बैंकको सेयर कारोबार खुलेको छ ।

बैंकले चुक्तापुँजी ८ अर्ब ८९ करोड २६ लाख ७४ हजार ७०६ रुपैयाँको १६ प्रतिशतले हुन आउने १ अर्ब ४२ करोड २८ लाख २७ हजार ९५३ रुपैयाँबराबरको बोनस सेयर घोषणा गरेको छ ।

बैंक लाभांश पारित र साधारणसभाका लागि कात्तिक २६ गतेदेखि मंसिर ६ गतेसम्म बुक क्लोज गरेको छ ।

बैंकको वार्षिक साधारण्भास आगामी मंसिर ६ गते काठमाण्डौमा हुनेछ ।