काठमाण्डौ । गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको ६ प्रतिशत बोनस सेयरका लागि आरएसडीसी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन गरिएको छ ।

नेप्सेले आरएसडीसी लघुवित्तको सेयरमूल्य समायोजन गरी प्रतिकित्ता ३०७.५५ रुपैयाँ कायम गरेको छ । समायोजित मूल्यअनुसार नै दोस्रो बजारमा आइतबार आरएसडीसी लघुवित्तको सेयर कारोबार खुल्नेछ ।

संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमा चुक्ता पुँजी ६३ करोड ३५ लाख १२ रुपैयाँको ६ प्रतिशतले हुन आउने ३ करोड ८० लाख १० हजार ७२० रुपैयाँबराबरको बोनस सेयर र १० प्रतिशतले हुन आउने ६ करोड ३३ लाख ५१ हजार २०० रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ ।

संस्थाले वार्षिक साधारणसभा मंसिर १३ गते बुटवलमा गर्दैछ । साधारणसभा प्रयोजनका लागि शुक्रबारदेखि संस्थाले बुक क्लोज गरेको छ । हिजो बिहीबारसम्म कायम सेयरधनीहरुले संस्थाबाट प्रस्तावित लाभांशको भागिदार बन्न र साधारणसभामा भाग लिन पाउनेछन् ।