काठमाण्डौ । वोमी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमास विवरण अनुसार अघिल्लो वर्ष सोही अवधिको तुलनामा झन्डै ५५.८६ प्रतिशत खुद नाफा बढाउन सफल भएको छ । 

संस्थाको सार्वजनिक चौथो त्रैमास विवरण अनुसार संस्थाले समीक्षा अवधिमा खुद नाफा रु ६ करोड २७ लाख गर्न सफल भएको छ । जुन अघिल्लो वर्ष यही अवधिमा संस्थाले रु ४ करोड २ लाख खुद नाफा गरेको थियो । 

संस्थाले व्यवसाय विस्तारमा पनि आक्रामक गति लिएको उसको खुद ब्याज आम्दानीतर्फको बढोत्तरीले देखाउँछ । कम्पनीको खुद ब्याज आम्दानी रु १२ करोड ८४ लाख रहेको छ  । जुन अघिल्लो आर्थिक वर्षमा रु ८ करोड ४२ लाखमा सीमित थियो । 

संस्थाले सञ्चालन मुनाफा रु ९ करोड ५९ लाख पुगेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा रु ६ करोड ६ लाखमात्र रहेको थियो।

समीक्षा अवधिमा संस्थाले रु ७० लाख छुट्याएको छ । यो अघिल्लो वर्षको तुलनामा रु ४ लाख कम हो । 

यस अवधिमा कम्पनीले रु १ अर्ब १ करोड ८३ लाख सापटी लिई १ अर्ब ८४ करोड ६१ ऋण प्रवाह गरेको छ । अघिल्लो वर्ष संस्थाले यही अवधिमा रु ७२ करोड ९६ लाख सापटी लिई रु १ अर्ब २१ करोड ६६ लाख ऋण प्रवाह गरेको थियो । 

संस्थाको समीक्षा अवधिमा चुक्ता पुँजी रु २ अर्ब २ करोड २६ लाख रहेको छ । अघिल्लो वर्ष संस्थाको चुक्ता पुँजी १ अर्ब ३९ करोड ३४ लाख थियो । 

अघिल्लो आर्थिक वर्षको तुलनामा संस्थाले जगेडा तथा सञ्चित कोषमा झन्डै २२७ प्रतिशतले छलाङ मारेको छ । अघिल्लो वर्ष ४ करोड रु ४ करोड ११ लाखमा सीमित यो कोषको आकार बढेर समीक्षा अवधिमा रु १४ करोड ४२ लाख पुर्याइएको छ । 

संस्थाको प्रतिसेयर आम्दानी रु ६२.०८ रहेको छ । त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात १८.१७ गुणा, प्रतिसेयर नेटवर्थ रु २४२.६६ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य रु २००१ रहेको  ।