काठमाण्डौ । एनएमबी बैंकले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ४५ करोड १३ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको नाफा ३५ करोड ३६ लाख रुपैयाँ थियो । 

यो अवधिमा बैंकको खूद ब्याज आम्दानी भने घटेको छ । अघिल्लो वर्ष ६३ कोड ३२ लाख रुपैयाँ रहेको खूद ब्याज आम्दानी घटेर यो वर्ष ६१ करोड ७० लाखमा सीमित बन्न पुुगेको छ । 

बैंकले व्यवसाय बढाउन खासै सफलता प्राप्त नगरे पनि संभावित जोखिम व्यवस्थापनबाट २१ करोड १७ लाख फिर्ता ल्याउँदा नाफा बढेको हो । बैंकले संभावित जोखिम व्यवस्थापनका लागि ९ करोड राखेको छ । 

समीक्षा अवधिमा बैंकले ७१ अर्ब ९४ करोड निक्षेप संकलन गरी ६२ अर्ब ८७ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा ६५ अर्ब ५८ करोड निक्षेप संकलन गरी ५६ अर्ब ६ करोड कर्जा परिचालन गरेको थियो । 

अघिल्लो वर्षसम्म ४ अर्ब १९ करोड रुपैयाँ रहेको जगेडा कोषमा समीक्षा अवधिसम्म ४ अर्ब ६७ करोड रुपैयाँ जम्मा भएको छ । 

यो अवधिमा बैंकले निस्क्रिय कर्जालाई घटाएको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म १.८३ प्रतिशत रहेको यस्तो कर्जा घटेर १.६७ प्रतिशतमा आएको हो । अघिल्लो वर्ष ३.८१ प्रतिशत रहेको कस्ट अफ फण्ड बढेर यो वर्ष ७.१४ प्रतिशत पुुगेको छ । 

समीक्षा अवधिमा बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी २७.९४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७२.३८ रुपैइाँ र मूल्य आम्दानी अनुपात १७.३६ गुणा कायम भएको छ ।