काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड पनि ब्याजदर घटाउने दौडमा सामेल भएको छ । यो बैंकले ब्याजदर घटाउँदै ५ नयाँ कर्जा योजना सार्वजनिक गरेको हो । 

सहज तरिका र सरल कागजी प्रक्रियाबाटै छिटो ग्राहकले कर्जा पाउने गरी ५ लाखका योजना सार्वजनिक गरिएको बैंकले एक विज्ञप्तिमार्फत जनाएको छ । 

घरायसी प्रयोजनका सामाग्री कर्जा 
यो कर्जा योजना अन्तरगत कोभिड १९ का कारण कम्प्युटर, ल्यापटप, मोवाइलहरुको बढ्दो प्रयोग भएकोले यस्ता सामाग्री खरीद गर्न सकिने सुविधा उपलब्ध छ । यस्तै, कोभिडका कारण सार्वजनिक यातायातका साधनको प्रयोग जोखिमपूर्ण हुने भएकोले सहजता र सम्भाव्य रोगबाट बच्न आफ्नै सवारी साधन(स्कूटर, मोटरसाइकल लगायत)का दुईचक्के सवारी साधन किन्न चाहनेले समेत यो प्रडक्ट लिन सक्नेछन् । 

नियमित आम्दानीको स्रोत भएका न्यूनतम २२ व्र्ष उमेर पुगेका नेपाली नागरिकहरुले यस्तो कर्जाका लागि आवेदन दिन पाउनेछन् । बैंकले आवेदकको उमेर, बसोबास स्तर, मासिक आय, बैकल्पिक आयस्रोत, पेशा व्यवसाय, कर्जा उपभोगको स्तर लगायतका सुचकांकहरुको  आधारमा व्यक्तिगत जमानतमा न्यूनतम रु २५ हजार देखि अधिकतम रु १ लाख ५० हजारसम्म उपलब्ध हुने गरी कन्जुमर प्रडक्टहरुमा १ वर्ष अवधिको मासिक समदर किस्ता र दुई चक्के सवारी साधनमा २ वर्ष अवधिको मासिक समदर किस्तामा कर्जा भुक्तानी गर्न सकिने कर्जा योजनाको विशेषता रहेको बताइएको छ । 

शिक्षा कर्जा
यो कर्जा १८ देखि ४० वर्ष उमेर समूहका नागरिकलाई टार्गेट गरी ल्याएको हो । स्नातक, स्नातकोत्तर वा सोभन्दा माथिको तहमा अध्ययनकालागि लाग्ने प्रवेश शुल्क, मासिक शुल्क, परीक्षा शुल्क, विमा शुल्क, यातायात तथा आवास खर्च आदि लागतको भुक्तानी तालिकाको आधारमा फेजवाइज कर्जा उपलव्ध गराउने गरी घरजग्गा तथा मुद्दति रसिद धितो सुरक्षणमा नेपाल तथा सार्क राष्ट्रहरुमा अध्ययनका लागि अधिकतम रु ३० लाखसम्म र अन्य देशहरुमा अध्ययनका लागि अधिकतम रु ५० लाखसम्म उपलब्ध गराइने र यो कर्जा अधिकतम १६ वर्ष अवधिमध्ये अध्ययन अवधि अधिकतम ६ वर्ष ग्रेस अवधि रहने (ग्रेस अवधिमा व्याज मात्र भुक्तानी गर्नुपर्ने) गरी मासिक समदर किस्ता भुक्तानी गर्न सकिने बैंकले जनाएको छ । 

पेशागत कर्जा
२५ देखि ५८ वर्ष उमेर समूहका विभिन्न पेशा व्यवसायमा संलग्न नेपाली नागरिकहरु तथा ६५ वर्षसम्म उमेर भएका ख्यातिप्राप्त विदेशी गैरसरकारी संस्था, राजदुतावासमा कार्यरत तथा आफ्नै पेशा व्यवसाय भएका डाक्टर, इन्जिनियर, लेखापरीक्षकहरुलाई उनीहरुको व्यक्तिगत आवश्यकताहरु परिपुर्तिका लागि व्यक्तिगत जमानतमा न्यूनतम रु १ लाखदेखि अधिकतम रु १५ लाखसम्म (अधिकतम रु ५ लाखसम्म रिभल्विंग सुविधा भएको) अधिकतम ५ वर्ष अवधिको मासिक समदर किस्तामा भुक्तानी गर्न सकिने (रिभल्विंग कर्जाको मासिक व्याज मात्र भुक्तानी) हुने कर्जा योजना ल्याइएको हो । 

साना तथा मझौला उद्यम कर्जा
नेपाल सरकारका विभिन्न निकायहरुमा दर्ता भएका एकलौटी फर्म, साझेदार फर्म, प्रालि, कम्पनीहरुलाई साविकको तथा नयाँ व्यवसाय संचालनका लागि आवश्यक चालुपूँजी तथा स्थायी प्रकृतिको खर्च व्यवस्थापनका लागि कोषमा आधारित रिभल्विंग तथा आवधिक कर्जा (घरजग्गा तथा स्थायी सम्पत्ति धितो सुरक्षणमा) र गैरकोषमा आधारित कर्जा सुविधाहरु रु १० लाख भन्दा बढी अधिकतम रु १ करोडसम्म रिभल्विंग कर्जा तथा आवधिक कर्जा योजना ल्याईएको बैंकले जनाएको छ। 

सवारी साधन कर्जा
व्यक्तिगत प्रयोजनको लागी सवारी साधन खरिद गर्न सवारी साधनको मूल्यको अधिकतम ५० प्रतिशत (संस्थाको प्रयोजनको हकमा ७० प्रतिशत सम्म) र व्यक्तिगत विद्युतिय सवारी साधनको हकमा ८० प्रतिशतसम्म लगानी हुने गरी र हाल कोभिड १९ को असहज अवस्थाको कारणले शुरुको १ वर्ष ब्याज मात्र भुक्तानी गरे पुग्ने व्यवस्था गरी नयाँ कर्जा योजना ल्याईएको बैंकले जनाएको छ।

यी बाहेक साविकदेखि नै प्रदान गरिंदै आएको आवाश कर्जा योजनामा समेत निर्माणखर्चको शतप्रतिशतसम्म र कोरोनाको प्रभावका कारण एक वर्षसम्म साँवा भुक्तानी गर्नु नपर्ने सुविधा सहित ८.९९ प्रतिशत वार्षिक व्याजदरमा नै आवाश कर्जा उपलब्ध हुने बैंकले घोषणा गरेको छ ।