काठमाण्डौ । कोरोनाभाइरसको नयाँ केन्द्रविन्दु बनेको ब्राजिलमा बितेको २४ घन्टामा २६ हजार ४१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यसरी ब्राजिलमा एकैदिन यति धेरैमा कोरोना पुष्टि भएपछि नयाँ रेकर्ड बनेको छ। संक्रमित संख्याका आधारमा ब्राजिल विश्वको सबैभन्दा धेरै कोरोना संक्रमित भएको दोश्रो मुलुक हो। पहिलो नम्बरमा भने अमेरिका रहेको छ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार ब्राजिलभर संक्रमित संख्या ४ लाख ३८ हजार २३८ भएको छ।

यसैगरी ब्राजिलमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २६ हजार ७५४ पुगेको छ।

अग्रस्थानमा रहेको अमेरिकामा हालसम्म कोरोनाबाट १७ लाख २० हजारभन्दा बढी संक्रमित भइसकेका छन्। तीमध्ये १ लाख १ हजारभन्दा बढीको ज्यान गइसकेको छ। 

विश्वभर शुक्रबार बिहानसम्म संक्रमितको संख्या ५८ लाख ३ हजारभन्दा बढी भइसकेको छ। तीमध्ये ज्यान गुमाउनेको संख्या ३ लाख ६० हजार नजिक पुगेको छ। – एजेन्सी