काठमाण्डौ । सेल्फी एक्स्पर्ट एण्ड लिडरका रुपमा परिचित ओपोले विश्वमै सर्वाधिक लोकप्रिय ब्राजिलियन फूटबलर नेयमारसँग ओपो फ्रेण्डका रुपमा सहकार्यको घोषणा गरेको छ । 

यसअघि पनि ओपोले आफ्नो एफसी बार्सिलोना एडिशनको प्रबद्र्धनका लागि नेयमारसंग सहकार्य गरिसकेको कम्पनीले जनाएको छ ।  यस सहकार्यसंगै कन्टेष्ट अवधिभर नेयमारलाई ओपो मोबाइल्सको प्रमोशन गरिरहेको देख्न सकिनेछ । 

कम्पनीले विभिन्न प्ल्याटफर्मको प्रयोग गर्दै यूवा जमातसंग नजिकिन ३६०–कोणमा  एकिकृत मार्केटिङको पहल गरिरहेको र खेल तथा मनोरञ्जन मार्केटिङको माध्यमबाट यूवा जमातलाई पायक पर्ने टच प्वाइन्ट्सका माध्यमबाट कम्पनी उनीहरुसंग नजिकिन सँधै प्रयत्नरत रहेको जनाइएको छ  । 

वर्षौको आरएण्डडी पश्चात नेपालमा आर्टिफिसियल ईन्टेलिजेन्स २.०लाई सेल्फी फिचरका रुपमा भित्र्याउने ओपो नै पहिलो स्मार्टफोन ब्राण्ड हो । यो प्रविधिले वैश्विक डाटाबेस मार्फट २ सय ९६ फेसियल टच प्वाइन्ट्सको माध्यमबाट अनुहारको आकार तथा विशेषताको पहिचान गर्ने क्षमता राख्छ । यसको विकासका लागि आरएण्डडी प्रक्रियाका दौरान ब्यवसायिक फोटोग्राफर तथा मेक–अप आर्टिस्ट्सहरुसंग परामर्श तथा सल्लाह सुझावपनि लिएको कम्पनीले जनाएको छ । फलस्वरुप एआई प्रविधिमा सेल्फीलाई थप प्राकृतिक र वास्तविक देखाउने तथा ब्यवसायिकले खिचेको जस्तो नतिजा प्रस्तुत हुने गरेको छ । 

त्रुटीरहित सेल्फीका लागि उपभोक्ता समक्ष २५ मेगापिक्सेल क्षमताको फ्रण्ट क्यामेरा सहित ओपोले एफसेवेन सार्वजनिक गरिसकेको छ ।