काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले कास्कीमा ८ शाखारहित बैंकिङ्ग सेवा एकैपटक संचालनमा ल्याएको छ । 

बैंकले कास्कीस्थित मादी गाउँपालिकाको टाङटिङ, थक, तापराङ, चितेपानी, तारकाङ, मिजुरेडाँडा, थुम्सिकोट, र सैमराङमा ८ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । 

बैंकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगमा बैंकले आफ्ना ग्राहक सेवा केन्द्रहरु मार्फत अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याइरहेको छ ।

योसहित माछापुच्छ्रे बैंक लिमिटेडको हालसम्म ७३ शाखारहित बैंकिङ्ग सेवा सुचारु भइसकेको बैंकले जनाएको छ । 

ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूक्तानी, साथै कर्जा आवेदन गर्न सकिने सुविधाको समेत व्यवस्था गरेको छ । 

बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ९६ वटा शाखाहरु लगायत ७३ शाखारहित बैंकिङ्ग सेवा गरी जम्मा १६९ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ११९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।