काठमाण्डौ । विश्वकै नं. १ जापानी रबर कम्पनीद्वारा उत्पादित ब्रिजस्टोन टायरको अधिकृत वितरक एटिसि प्रा. लि ले ज्ञानेश्वरमा ब्रिजस्टोन बिक्री तथा सेवा केन्द्रको औपचारिक रुपमा सेवा शुभारम्भ गरेको छ ।

यहाँ एकै छाना मुनि टायर सम्बन्धी विश्वस्तरीय सेवाहरू उपलब्ध छन् । डिजिटल टायर हेल्थ परिक्षण, दुई चरणमा व्हील अलाइन्मेन्ट, अन्तराष्ट्रिय स्तरको सिजर लिफ्ट, व्हील सन्तुलन, नाइट्रोजन हावा भर्ने, टायर परिवर्तन, फिटिङ्ग तथा रोटेशन जस्ता सेवा सुविधाहरु यस केन्द्रमा उपलब्ध छन् । केन्द्रले आउँदा दिनहरुमा गाडीको ब्याट्री परिवर्तन , एसीमा ग्यास भर्ने सेवाहरु पनि दिनेछ । कम्पनीले निकट भविष्यमै देशका विभिन्न ठाउँहरुमा यस्ता किसिमका विक्री तथा सेवा केन्द्रहरु आवश्यकता अनुरुप विस्तार गर्दै लैजाने बताएको छ ।

एटिसि प्रालि वि.सं. २०१६ देखि नै ब्रिजस्टोन टायरको  नेपालको लागि आधिकारिक वितरकको रुपमा रही निरन्तर ग्राहकमूखी सेवा दिंदै आएको कम्पनी हो । नेपालभर रहेका आफ्नो बिक्री वितरण सञ्जालमार्पmत अर्थमुभर्स, ट्रक तथा बस, एसयुभी र अन्य यात्रु कार हरुको टायर बिक्री गर्दै नेपालीबजारमा एक छुट्टै पहिचान बनाउन सफल भएको छ । 

ब्रिजेस्टोन सन् १९३१ मा जापानको टोकियोमायसको कर्पोरेट कार्यालयको साथ स्थापित भएको थियो । यो ब्रान्ड टायर बिक्री र ग्राहक ब्रान्ड भ्यालु आधारमा वर्ल्ड रबरद्वारा विश्वमा नम्बर १ घोषणा गरिएको ब्रान्ड हो  । कम्पनीले विश्वभर १५० भन्दा बढी देशहरुमा ५७ टायर निर्माण संयन्त्रद्वारा आफ्ना उत्पादनहरू र सेवाहरू प्रदान गर्दै आइरहेको जनाएको छ । 

कम्पनीले आयोजना गरेको भेटघाट कार्यक्रममा उपस्थित सबैजनालाई अध्यक्ष विनोद सेठियाले स्वागत गरे । त्यसैगरी कम्पनीका प्रबन्धकनिर्देशक मनोज सेठियाले नेपालको सडकहरुको अवस्थालाई ध्यानमा राख्दै, गाडी चालकहरुले गाडीको समग्र पर्पmमेन्समा टायरको भुमिका र महत्वको धरै हुने कुरा बुभ्mन आवश्यक रहेको बताए ।