काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)ले अनलाइन ट्रेडिङ सिस्टम(नट्स)को लगइन ब्रोकरहरुले लगानीकर्तालाई सहज रुपमा उपलब्ध नगराएको बताएको छ । 

बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै नेप्सेले लगानीकर्ताहरुबाट नट्समा अनलाइन कारोबारका लागि लगइन दिने विषयमा ब्रोकरहरुले असहयोग गरेका गुनासो आएको भन्दै यसप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको प्रष्ट्याएको हो । 

पुँजीबजारमा सर्वसाधारणको पहुँचलाई सहज गर्नका लागि अनलाइन कारोबार प्रणालीको लगइन सहजै उपलब्ध गराउन ब्रोकरहरुले निर्देशन दिएको छ । 

नेप्सेले अनलाइन कारोबार प्रणालीको लगइन लिनका लागि लगानीकर्ताहरुले कुनै पनि शुल्क तिर्नु नपर्ने समेत प्रष्ट्याएको छ । 

नेप्सेस्थित स्रोतका अनुसार कतिपय ब्रोकरहरुले सहज रुपमा लगानीकर्तालाई लगइन उपलब्ध नगराएका र यस्तो प्रवृतिलाई निरन्तरता दिने ब्रोकरहरुलाई कारबाही गर्ने रणनीति समेत बनाइएको छ । 

'अनलाइन कारोबार प्रणाली कार्यान्वयनमा आएको यतिका दिनसम्म पनि अनलाइनको लगइन सहज ढंगले लगानीकर्ताले पाएका छैनन् ।' नेप्सेस्थित स्रोतले भन्यो-'ब्रोकरहरुले अनलाइन लगइन लिन प्रोत्साहित गर्नुपर्नेमा उल्टो अवस्था देखिएकोेले विज्ञप्ति जारी गर्नुपरेको हो ।' 

नेप्से स्रोतका अनुसार सहज ढंगले अनलाइन  कारोबार प्रणालीको लगइन उपलब्ध नगराउने ब्रोकरको विषयमा लगानीकर्ताले उजुरी समेत दिन सक्नेछन् । 

उजुरीका लागि नेप्सेले निम्नअनुसारको सम्पर्क स्थान तथा नम्बर उपलब्ध गराएको छ: