काठमाण्डौ । सेयर बजार बिहीबारदेखि नै खुले पनि श्वेता सेक्युरिटिज प्रालि(ब्रोकर नम्बर २५) भने कोजाग्रत पूर्णिमासम्म नै बन्द हुने भएको छ । 

यो कम्पनीका अध्यक्ष सुचिता खनालको क्यान्सरका कारण असोज २१ गते टिकाको दिन निधन भएका कारण कोजाग्रत पूर्णिमासँगै यो ब्रोकर कम्पनी बन्द हुने भएको कम्पनीको प्रतिनिधि सुयोग अधिकारीले जानकारी दिएका छन् । 

उनका अनुसार यो ब्रोकर कम्पनी असोज २३ गते(बिहीबार) पनि बन्द भयो । शुक्रबार र आइतबार समेत बन्द हुनेछ । त्यसपछि भने नियमित रुपमा ब्रोकर कार्यालय खुल्नेछ । 

यो ब्रोकर कम्पनीकी अध्यक्ष स्व. खनाल नेपालको पहिलो महिला ब्रोकर समेत थिइन् । उनी पूर्व अर्थसचिव रामेश्वर खनालकी पत्नी समेत थिइन् । उनको क्यान्सरको समस्याका कारण अल्पायूमै निधन भएको थियो ।