काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले ब्रोकर नम्बर १९ को कारोबार ३ दिनका लागि रोक्का गरेको छ । 

स्टक ब्रोकर नम्बर १९ अर्थात् नेपाल इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीज ट्रेडिङ प्रालिले राफसाफको नियम उल्लघंन गरेको भन्दै नेप्सेले कार्वाहीस्वरुप सो कम्पनीको मध्यस्थतामा हुँदै आएको सेयर किनबेच ३ दिनका लागि रोकेको हो । 

सो ब्रोकर कम्पनीले राफसाफको नियमानुसार समयमा भुक्तानी नगरेको नेप्सेको दाबी छ । यो कार्वाहीसँगै सो ब्रोकर कम्पनीमार्फत् दैनिक रुपमा सक्रिय धितोपत्र कारोबार गर्ने करिब ३ हजार लगानीकर्ता प्रत्यक्ष प्रभावित हुनेछन् ।