काठमाण्डौ । ब्रोकर नम्बर ४१, लिञ्च स्टक मार्केट लिमीटेडको धितोपत्र दलाल व्यवसायीको सदस्यता एक दिनका लागि निलम्बित भएको छ । 

नेपाल स्टक एक्सचेञ्जले आफूले मागेको विवरणहरु समयमै उपलब्ध नगराएको भन्दै भदौ २६ गते निर्णय गरी लिञ्च स्टक मार्केटको सदस्यता निलम्बन गरिदिएको हो । 

आगामी आइतबार एक दिन यो ब्रोकर कम्पनीको सदस्यता निलम्बनमा परेको हो । 

आइतबार यो ब्रोकर कम्पनीले धितोपत्र दलाल व्यवसायीको रुपमा कुनै पनि कारोबार गर्न पाउनेछैन । 

लिञ्चको लापरबाहीका कारण सो कम्पनीसँग सम्बन्धित लगानीकर्ता आइतबारको कारोबारबाट बञ्चित हुनेछन् ।