काठमाण्डौ । भर्खरै नेपाली बजारमा एफ फाइभ सार्वजनिक गरी आफ्नो परिचय सेल्फी एक्स्पर्ट तथा लिडरका रुपमा स्थापित गरेको ओप्पोले आफ्नो नयाँ मोडल ओपो एफफाइभ सिक्स जीबी कालो रंगमा सार्वजनिक गर्ने घोषणा गरेको छ । 

ओप्पोले आफ्ना उपभोक्ताहरु(विशेष गरी यूवा पुस्ता)लाई छनोटको थप अवसर उपलब्ध गराउने सोचका साथ नयाँ उत्पादन कालो रंगमा सार्वजनिक गर्न लागेको हो । नेपाली बजारमा ओप्पोले छोटो समयमै फेशनेवल, स्टाइलिश फोन निर्माताका रुपमा विशेष गरी यूवा पुस्ता माझ आफ्नो परिचय स्थापित गरिसकेको छ । 

ओपो एफफाइभ सिक्स जीबी ब्ल्याक एडिशनका बारेमा बाल्दै ओपो नेपालका सीईओ बबी झाओले भने, ‘भरखरै सार्वजनिक हाम्रो नयाँ फ्ल्यागशिप मोडल ओपो एफ फाइभका लागि प्राप्त साथ, सहयोग र मायाका लागि हामी आदरणीय उपभोक्ता तथा समग्र सरोकारवालाप्रति कृतज्ञ छौं । प्राप्त प्रतिक्रियाले हामीलाई नेपाली उपभोक्ताका लागि अझ उत्कृष्ट पस्कँदै जाने प्रेरणा मिलेको छ । सार्वजनिकको तयारीमा रहेको नयाँ ओपो एफफाइभ सिक्स जीबी ब्ल्याक एडिशनका लागि पनि त्यस्तै माया, साथ र सहयोग प्राप्त हुनेमा हामी विश्वस्त छौ।’

ओपो एफफाइभ सिक्स जीबी फेशनेवल कालो रंगमा उपलब्ध हुनुका साथै यसमा अझ बढी सञ्चय क्षमता, ६ जीबी र्याम र ६४ जीबी रोमसहितको उत्कृष्ट प्रोशेसर जडान गरिएको कम्पनीले जानकारी दिएको छ । पर्याप्त सञ्चय क्षमता भएको ओपो एफफाइभ सिक्स जीबीले प्रयोगकर्तालाई सहज अनुभूति प्रदान गर्नुका साथै स्टाइलिश तथा फेशनेवल ब्ल्याक कलरले उपभोक्तालाई सधैं फेशनेवल बेष्ट देखाउँछ ।

सेल्फीमा रहेका मानिसकै आधारमा ब्यक्तिगत ब्यूटिफिकेशन सुविधा उपलब्ध गराउने सोचका साथ सार्वजनिकको तयारीमा रहेको नयाँ उत्पादनमा उद्योगकै पहिलो एआई ब्यूटिफिकेशन प्रविधि उपलब्ध गरिएको छ । दुईसयभन्दा बढी फेशियल रेकग्निशन स्पट्ससहितको यो प्रविधिले मानव मुहारको ग्लोबल डाटाबेस मार्फत फेशियल फिचर्स, आकारप्रकार, स्किन टोन तथा टाइप, लिंग, उमेर लगायत आधारमा फरक छुट्याएर ब्यूटिफिकेशन सुविधा उपलब्ध गराउँछ । 

फोनमा ६ ईञ्चको पूर्ण एचडी फुल स्क्रिन डिस्प्ले जडान गरिएको छ । साथै यसमा रहेको १८ः९ डिस्प्लेले उपभोक्तालाई जीवन्त रंग सहितका दृश्यको मज्जा प्रदान गर्छ । मिड रेञ्ज्ड स्मार्टफोनमा कम्प्याक्ट बडी र अत्यन्त पातलो फ्रेमसहित स्पष्ट तथा जीवन्त दृश्य सम्प्रेषण उपलब्ध गराउने यो नै नेपालको पहिलो स्मार्टफोन भएको कम्पनीको दाबी छ ।