काठमाण्डौ । नेपाल उद्योग परिसंघले कोरोनाभाईरसका कारण उत्पन्न विषम परिस्थितिसँग जुध्न विभिन्न तहमा आवश्यक खाद्यान्न सामाग्री वितरणलाई जारी राखेको छ । विविध कारणले खाद्य सामाग्री अभाव भएकाहरुलाई परिसंघले केन्द्र, प्रदेश सरकार तथा स्थानीय निकायसंग समन्वय गरि खाद्य सामाग्री उपलब्ध गराउने प्रयास गरिरहेको छ ।

आज भक्तपुर क्षेत्रका विपन्न परिवारलाई परिसंघका अध्यक्ष सतिशकुमार मोर तथा उपाध्यक्ष राजेशकुमार अग्रवालले खाद्यान्न समाग्री वितरण गरेका छन् । पूर्व मन्त्री तथा संघीय संसद माननीय महेश बस्नेतको रोहवरमा ७०० सय परिवारलाई दाल, चामल, नुन, तेल लगायत अन्य अत्यावश्यकीय सामाग्री रहेका प्यकेटहरु बनाई हस्तान्तरण गरिएको परिसंघले बताएको छ । 

परिसंघले नेपालका सवै प्रदेश लगायत काठमाण्डौ, ललितपुर तथा भक्तपुरका विभिन्न स्थानहरुमा यस्ता राहत सामाग्रीहरु उपलब्ध गराईने जनाएको छ ।

यस्तो विषम परिस्थितीमा आफ्ना सदस्य प्रतिष्ठानहरुलाई दैनिक उपभोग्य वस्तु तथा अत्यावश्यकीय सामानहरुको उत्पादनलाई निरन्ता दिदै सोको आपुर्ति व्यवस्थालाई दुरुस्त राख्न समेत आग्रह गरेको छ । 

कारखाना तथा उद्योग संचालनमा सहजता ल्याउन त्यहाँ काम गर्ने मजदुर तथा कर्मचारीको आवागमनलाई समेत सहज गराउन सम्बद्ध अपिल गर्दै परिसंघले  उद्योगहरु बन्द रहदा उद्योगमा काम गर्ने मजदुरहरु तथा उद्योग समेत अफ्ठेरोमा परेकाले त्यस तर्फ समेत सरकारको ध्यानाकर्षण गराएको छ ।