काठमाण्डौ । सेकुवापारखीहरुलाई मौलिक नेपाली स्वाद पस्कँदै आएको ‘बाजेको सेकुवा’ भक्तपुरको गठ्ठाघरमा सञ्चालनमा आएको छ । बाजेको सेकुवाको भक्तपुरमा यो पहिलो शाखा पनि हो ।

गठ्ठाघर शाखाको उद्घाटन संयुक्त रुपमा बाजेको सेकुवाका निर्देशक नितिमा कार्की र स्थानीय समाजसेवी सरस्वती थापाबाट भएको छ । बाजेको सेकुवा ब्रान्डमा रेस्टुरेन्ट सञ्चालन गर्न इच्छुक लगानीकर्ताको पहिचान र फ्रान्चाइज सम्झौता गर्ने काम बाजेको भेन्चर प्रालिले गर्दै आएको छ ।

यो कम्पनीले कुनै पनि सहरमा रेस्टुरेन्ट सञ्चालनमा ल्याउनुअघि स्थानीय बजारमा उपभोक्ताको खर्च गर्ने प्रवृत्ति, स्थानीय रेस्टुरेण्ट सञ्चालनको सम्भाव्यता अध्ययन गरेर सम्भावना रहेको ठाउँमा मात्र फ्रान्चाइज विस्तारलाई प्राथमिकतामा पार्ने गरेको छ । मुख्य व्यापारिक सहरमा बढ्दो उपभोग र बजार मागलाई लक्षित गरी बाजेको भेन्चर प्रालिले फ्रान्चाइज मोडलमा रेस्टुरेन्ट सञ्जाल विस्तारलाई अगाडि बढाइरहेको छ ।

नेपालगन्ज, वीरगन्ज, धनगढी, हेटौंडा र नेपालबाहिर अमेरिकामा थप केही, अस्ट्रेलिया, जापान र बेलायतमा आगामी केही वर्षभित्र रेस्टुरेन्ट सञ्जा लविस्तार गरिसक्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

विगत ३ महिनाको अन्तरालमा बाजेको सेकुवाको नयाँ फ्रान्चाइजहरु ललितपुरको कुमारीपाटी र अमेरिकाको डालासमा सञ्चालनमा आएलगत्तै भक्तपुरको गठ्ठाघरमा पनि सञ्चालनमा आएको हो ।

उपत्यकाबाहिर पोखरा, चितवन र बुटवलमा फ्रान्चाइज मोडेलमा रेस्टुरेन्ट सञ्चालन भइरहेको छ भने अमेरिकाको न्युयोर्कमा पनि बाजेको सेकुवा ‘द हिमालयन ग्रिल’का रुपमा फ्रान्चाइज सञ्चालनमा छ। दक्ष युवाहरुलाई उद्यमी बन्न प्रेरित गर्दै देशभित्रै रोजगारी सिर्जना गर्ने उद्देश्य राखेको कम्पनीले गठ्ठाघरस्थित बाजेको सेकुवाको फ्राञ्चाइज अमित दाहाल, प्रशान्त गिरी, पविन थापालगायतलाई दिएको हो । उक्त फ्रान्चाइजमा प्रत्यक्ष रुपमा २५ जनाले रोजगारी पाएका छन् ।

काठमाण्डौ उपत्यकाको सिनामंगलबाट चार दशकअघि सुरुभएको बाजेको सेकुवा रेस्टुरेण्टअन्तर्गत अहिले उत्यकाबाहिर तीनवटा, उपत्यकाभित्र नौवटा र अमेरिकामा दुईवटा गरी हाल १४ वटा आउटलेटहरु सञ्चालनमा छन् । तीमध्ये अनामनगर, स्रोहखुट्टे, गैरीधारा र बत्तीसपुतलीमा सबै लगानी कम्पनीका प्रवद्र्धकको छ भने बाँकी सबै फ्रान्चाइज हुन् ।