काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंकले भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ३ दुवाकोटमा आफ्नो एक्सटेन्सन काउन्टर विस्तार गरेको छ।

नयाँ खुलेको दुवाकोटास्थित एक्सटेन्सन काउन्टर दक्षिणमा भक्तपुर नगरपालिका र पश्चिममा मध्यपुर ठिमी नगरपालिकाले घेरिएको छ। यो काठमाण्डौको केन्द्रबाट करिब २० किलोमिटर दूरीमा छ।

दुवाकोटको एक्सटेन्सन काउन्टर स्थानीय माग लाई पूरा गर्ने गरी पूर्ण विस्तारित काउन्टरका रूपमा सञ्चालित हुने बैंकले जनाएको छ। 

बैंकको यो १७ औं एक्सटेन्सन काउन्टर हो। ग्राहकको वित्तीय पहुँचमा सहयोग पु¥याउने तथा वित्तीय साक्षरतालाई व्यापक तुल्याउने उद्देश्यसहित दुवाकोटमा एक्सटेन्सन काउन्टर खोलिएको बैंकले जनाएको छ। 

बैंकले ८२ शाखा, १२४ एटीएम, १७ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर तथा ५६ शाखारहित बैंकिङ काउन्टरमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।